About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
शिक्षामन्त्रीमा गगन थापा, कांग्रेसमा अरु को-को भए मन्त्री ?

Darpanpost शनिबार, बैशाख २१, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरूबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेको छ ।

२१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको हो ।मन्त्रीमा डा. मिनेन्द्र रिजाल अर्थ, गगन थापा शिक्षा, बिज्ञान तथा प्रविधि, ज्ञानेन्द्रबहादुर कार्की भौतिक पूर्वाधार, दिलेन्द्रप्रसाद बडू गृह, डा.नारायण खड्का परराष्ट्र, भीमसेनदास प्रधान रक्षा, उमाकान्त चौधरी स्वास्थ्य तथा जनसंख्या, मीन विश्वकर्मा उद्योग तथा आपुर्ती, उमा रेग्मी महिला बालबालिका, जितेन्द्रप्रसाद देव सूचना तथा सञ्चार, सञ्जय गौतम उर्जा तथा सिंचाई, किशोरसिंह राठोर वन तथा वातावरण, मानबहादुर विश्वकर्मा सामान्य प्रशासन, देबेन्द्रराज कँडेल पर्यटन, डा.डिना स्रग्रौला कृषि तथा पशुपक्षी विकास, अख्तर मुसलमान कानुन, राजेन्द्र कुमार केसी युवा तथा खेलकुद, बद्री पाण्डे खानेपानी, पार्वती डिसी चौधरी श्रम तथा रोजगार, सुजाता परियार, लक्ष्मी परियार भूमि व्यवस्था, सहकारी छन्।

‘हामीले सरकारका कामलाई नजिकबाट निगरानी गर्नका लागि छाया सरकार गठन गर्ने पूर्वघोषणाअनुसार सम्बन्धित मन्त्रालय हेर्ने संयोजकको लगभग टुंगो लगाएका छौँ,’ कांग्रेस स्रोतले भन्यो, ‘घोषणा हुँदासम्म तोकिएका नाममा मन्त्रालयको हेरफेर हुन सक्छ, तर नाम भने यिनै हुनेछन् ।’

गत २४ पुसमा बसेको पार्टी संसदीय दलको बैठकले छाया सरकार बनाउने औपचारिक निर्णय गर्दै इच्छाएका तीन मन्त्रालयको नाम पेस गर्न सांसदहरूलाई भनेको थियो । ३० भन्दा बढी सांसदहरूले गरेको प्रस्तावका आधारमा कांग्रेसले छायामन्त्रीको सूची तयार गरेको हो । पदाधिकारी, पूर्वपदाधिकारी, संसदीय दलका उपनेता, प्रमुख सचेतकबाहेक मन्त्री भइसकेका र केन्द्रीय सदस्यमध्येबाट छायामन्त्री बनाइँदै छ । एउटा मन्त्रालय हेर्न तीनदेखि चार सदस्य तोक्ने तयारी पनि छ । छाया सरकारमा २१ मन्त्रीसहित ६६ सांसदले भूमिका पाउनेछन् ।

प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार मन्त्रालयमा एक संयोजक र अरू उपसंयोजक हुनेछन् । नेपाल सरकारका मन्त्रालयहरूमा भएका राम्रा कार्यको जानकारी राख्ने, कमीकमजोरी र अनियमिततालाई जनसमक्ष ल्याउने भूमिका छायामन्त्रीहरूले खेल्ने खाणले बताए ।

कांग्रेस नेता भन्छन्– झन्डा, डन्डा र गाडी नपाउने भए पनि छायामन्त्री चुन्न प्रधानमन्त्रीलाई जस्तै गाह्रो
छायामन्त्री भए पनि धेरै आकांक्षीबाट छान्न गाह्रो भएको कांग्रेसका एक नेताले बताए । संयोजक छान्न नसकेकैले समय लिएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीलाई मन्त्री बनाउनजस्तै हामीलाई छायामन्त्री बनाउन पनि गाह्रो भएको छ,’ ती नेताले भने, ‘झन्डा, डन्डा र गाडी नहुने भए पनि गृह, अर्थ, पर्यटनसहितका मन्त्रालयमा धेरैको दाबी हुँदा हामीलाई नाम टुंग्याउन केही समय लागेको हो । अब ढिलो हुँदैन ।’ दाबेदारहरू रिसाउने, गुटगत भागबन्डा खोज्नेजस्ता समस्या नआऊन् भनेर पनि पहिले नै नाम घोषणा नगरिएको उनको दाबी छ । यो समाचार आजको  नया पत्रीका दैनिकमा छ ।

यो पनि पढ्नुहोस्, प्रधानमन्त्री केपी ओलीलाई शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत सोधे, ‘तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?’ संसद्‌मा दुई तिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीलाई शर्माले यस्तो प्रश्न गर्नुको कारण थियो(बजेट आउनुअघि सार्वजनिक भएको प्रधानमन्त्रीको निर्वाचन क्षेत्रका लागि मागिएका ४ दर्जनभन्दा बढी योजनाको फेहरिस्त।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (प्रधानमन्त्रीको निजी सचिवालय) ले आगामी बजेटमा प्रधानमन्त्रीको निर्वाचन क्षेत्र झापा–५ मा पहिचान गरिएका विकासका योजना समेट्न राष्ट्रिय योजना आयोगलाई पत्र पठाएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको लेटरप्याडबाट चैत २९ गते आयोगलाई पठाइएको पत्रमा ५० भन्दा बढी विकासे योजनाका नाम छन्। ‘आगामी आवको बजेट तथा कार्यक्रममा प्राथमिकतामा राखी समावेश गरिदिनका लागि त्यहाँ पठाइएको निर्देशनअनुसार अनुरोध छ’ पत्रमा भनिएको छ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com