About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
भैंसीलाई बलत्कार गरेको भन्दै मोरङमा मुद्दा दर्ता

Darpanpost शनिबार, बैशाख २१, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

विराटनगर । भैंसीलाई बलत्कार गरेको भन्दै जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । मोरङको रतुवामाइ नगरपालिका – २ का ४० वर्षिय मङ्गल हस्दाले सोही ठाउँ बस्ने रानी टुढुको भैसी करणी गरेको आरोपमा जिल्ला अदालत मोरङमा भैसी धनीको तर्फबाट शुक्रबार ‘फिराद’ दर्ता भएको हो ।

हस्दाले छिमेकीको गोठमा बाधेको भैसीलाई ७ सय मिटर पश्चिम एकान्त बास झ्याङ्गगमा लगेर बिहीबार दिउँसोे १२ बजेको समयमा बलत्कार गरेको इलका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर रामचन्द्र साहले जनाए । उनका अनुसार गोठमा बाँधेको भैसी फुकाएर बाँस झ्याङमा लगेर दुवै खुट्टा बाँधेर करणी गरेका थिए ।

गोठमा बाधेको भैसी हराएपछि धनीले खोजी गर्दा भैसी बाँस झयांगमा फेला परेको थियो । नजिकै करणी गर्दा खोलेर छाडेको कपडालाई आधार बनाएर अनुसन्धान गर्दा करणी गने गाउकै युवा मंगल भएको खुलेको थियो । हस्दालाई प्रहरीले पक्राउ गरेपछि उनले अपराध स्विकार गरेका छन् ।

हस्दाले बाँस झ्याङमा भैसी लगेर दुवै खुट्टा बाँधेर बलत्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

करणी भएको ठहर भए १ वर्ष कैद र १० हजार जरिवाना पशु बलत्कार दुनियावादी फौजदारी अर्थात (व्याक्तिवादीं) मुद्दा हुने भएकोले यस्तो मुद्दा अदालतमा सोझै दर्ता हुने गरेको छ । शुक्रबार पशु बलत्कार गरेको आरोपमा जिल्ला अदालत मोरङमा भैसी धनी स्वयम उपस्थिी भएर ‘फिराद’ दर्ता गरेको अदालतको श्रेस्तेदार इश्वरमाणि ओझाले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com