About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
ठगी गरेको आरोपमा प्राइम इन्स्योरेन्सका प्रबन्धक शर्मा पक्राउ

Darpanpost शनिबार, बैशाख २१, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । वैदेशिक रोजगारीमा जानेलाई नक्कली बिमालेख जारी गरी ठगी गरेको आरोपमा प्राइम लाइफ इन्स्योरेन्सका प्रबन्धक नवीन शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले उनलाई पक्राउ गरेको हो । शर्मा इन्स्योरेन्सका वैदेशिक रोजगार शाखाका प्रमुख हुन् । कम्पनीले पाँच सय ७४ वटा नक्कली बिमालेख जारी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

यसअघि नै कम्पनीका अन्य तीन कर्मचारी पक्राउ परेका थिए । कम्पनीका कर्मचारीहरू प्रकाश रेग्मी, सुदीप खड्का र सञ्जय केसी काठमाडौं जिल्ला अदालतको आदेशबाट जेल चलान भइसकेका छन् । सोही ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका सिंहबहादुर लामा, भोला पोखरेल र ध्रुव रेग्मी भने धरौटीमा छुटेका छन् ।

यसरी भयो ठगी
१४ लाख रुपैयाँको वैदेशिक रोजगार बिमाबापत कम्पनीले चार हजार रुपैयाँ लिने गरेको थियो । अनुसन्धानमा खुलेका पाँच सय ७४ बाहेक पनि कम्पनीबाट नक्कली बिमालेख जारी भएको हुन सक्ने आशंका गरिएको छ । बिमाबापतको पैसा लिने र नक्कली बिमालेख जारी गरेर उनीहरूले ठगी गर्दै आएका थिए । नक्कली बिमालेखकै आधारमा वैदेशिक रोजगार कार्यालयका कर्मचारीले श्रम अनुमति दिँदै आएका थिए । यसमा केही म्यानपावर कम्पनीको समेत मिलेमतो देखिएको थियो ।

इन्स्योरेन्स कम्पनीको खातामा पैसा जम्मा भएको अवस्थामा समेत कम्पनीले सक्कली बिमालेख जारी नगरेको अनुसन्धानमा खुलेको छ । नक्कली बिमालेख जारी भएकोमा सक्कली बिमालेख जारी गर्न भनेर म्यानपावर कम्पनीले पत्र लेख्दासमेत ध्यान दिइएको थिएन ।

कतिपय बिमा एसीपेयी चेकमार्फत भएका थिए । सोही कम्पनीबाट बिमा गरेर मलेसिया गएका धादिङका एक युवकको उतै मृत्यु भएपछि बिमामा भएको ठगी खुलेको हो । ती युवकका परिवार बिमा दाबी गर्न कम्पनीमा जाँदा बिमा नै नगरेको पाइएको थियो । कम्पनीका प्रबन्धक रहेका शर्माकै यसमा संलग्नता रहेको भन्दै अदालतले समेत उनलाई पक्राउ गर्न पुर्जी जारी गरेपछि सिआइबीले पक्राउ गरेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com