About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
श्री ५ को सरकारको सट्टा मेरो सरकार

Darpanpost शनिबार, बैशाख २१, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतीक हुन राष्ट्रपति । राष्ट्रपतिका दिनचर्या, आनीबानीलगायत संस्कारलाई जनताले अहिलेको शासन व्यवस्थाको मानक बनाउने गरेका छन। तर पछिल्ला दिनमा राष्ट्रपति कार्यालय र राष्ट्रपति स्वयं पटकपटक विवादमा मुछिँदै आएकी छिन् । दसैंमा विभिन्न व्यक्तिलाई टीका लगाइँदिँदाको आसनदेखि विलासीपूर्ण सवारीसधान खरिदले राष्ट्रपतिको गरिमा मात्र घटाएको छैन लोकतान्त्रिक गणतन्त्रप्रति नै जनतामा वितृष्णा जगाउने काम गरेको छ ।

दुई सय ४० वर्षे राजतन्त्र अन्त्यका लागि सक्रिय दलका नेताहरुले मुलुकको उच्च ओहोदामा पुगे पनि पुरानै संस्कारलाई निरन्तरता दिएका छन । त्यसको पछिल्लो उदाहरण हो शुक्रबार संघीय संसदमा पेस भएको सकारको नीति तथा कार्यक्रम । विगतमा जस्तै शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट संसदमा नीति तथा कार्यक्रम पेस गरिन । तर, मुलुकमा राजतन्त्र भएका बेलामा राजाले तत्कालीन प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गरेकै शैलीमा आफूलाई प्रस्तुत गरिन । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com