About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
फानीको असरले आइतबार सम्म वर्षा संगै हिमपात

Darpanpost शनिबार, बैशाख २१, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । बंगालको खाडीमा आएको चक्रवात फानीको असर भारतको उडिसा राज्य संगै नेपालमा पनि परेको छ । फानीका कारण नेपालको तराई तथा पहाडी क्षेत्रमा हावाहुरीसँगै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले फानीको प्रभावले आइतबारसम्म वर्षा र हिमपात हुने जनाएको छ ।

शनिबार पूर्वी संगै मध्य र पश्चिमी क्षेत्रमा आंशिक देखि सामान्य बदली हुने मौसमविद् मीनकुमार अर्यालले बताए । यस्तै, मध्यदेखि पश्चिमका केही स्थानमा मेघ गर्जन सहित हावाहुरी र वर्षाको सम्भावना रहेको उनले बताए । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने अनुमान छ । यस्तै, आइतबार पनि देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य वर्षा हुने महाशाखाले जनाएको छ । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com