About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
बैबाहिक बलात्कारको आरोपमा श्रीमान बिरुद्ध जाहेरी दर्ता

Darpanpost शुक्रबार, बैशाख २०, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

धादिङ । श्रीमानले बलात्कार गरेको भन्दै धादिङमा एक महिलाले प्रहरीमा जाहेरी दिएकी छिन् । श्रीमानले लामो समयदेखि इच्छा विपरित पटकपटक जबरजस्ती यौन सम्पर्क गरेको भन्दै २५ वर्षीया महिलाले उनका पति २३ वर्षीय पुरुष विरुद्ध जिल्ला प्रहरी कार्यालयमा धादिङमा जाहेरी दिएकी हुन् ।

तीन वर्ष अघिदेखि आफूमाथी पतिले पटक पटक जबरजस्ती यौन सम्पर्क गरेको र पछिल्लो पटक बैशाख १३ गते राती आफूमाथी जबरजस्ती गर्दा टोकेर घाउ नै बनाएको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

जाहेरी दर्ता गराइएपछि पीडितको जिल्ला अस्पताल धादिङमा बैशाख १९ गते स्वास्थ्य परिक्षण र उपचार गरिएको छ । हेरी दर्ता भएकाले अनुसन्धानका लागि आरोपित पुरुषलाई खोजी गरी कानूनी दायरामा रही अनुसन्धान गरिने प्रहरीले जानकारी दिएको छ । आरोपितलाई प्रहरीले गिरफ्तार गरि मुलुकी अपराध ९संहिता० ऐन २०७४ परिच्छेद १८ को २१९ को ४ अनुसार बैबाहिक बलात्कार अन्तरगत कारबाही गर्न अनुसन्धानपछि अदालतमा पेश गरिने पनि प्रहरीले जानकारी दिएको छ ।

श्रीमतीको इच्छा विपरीत श्रीमानले सम्बन्ध राखेमा यो बैबाहिक बलात्कार हो र यसलाई अपराध मानिने छ भनेर सर्वोच्च अदालतले २०५९ साल वैशाखमा परिभाषित गरेको हो । त्यसैगरी, २०६३ सालमा लैङ्गिक समानता कायम गर्न तथा लैगिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकले जर्बजस्ती करणीको महलमा बैबाहिक बलात्कार गर्नेलाई ३ देखि ६ महिना कैद गर्ने ब्यवस्था गरेको थियो । Dhading News बाट

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com