About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
कहिलै पनि नगर्नुहोस् यस्तो गल्ति जसले दाँत बिगार्छ

Darpanpost शुक्रबार, बैशाख २०, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

१. नियमित परीक्षण नगर्नु स् नियमित रुपबाट परीक्षण दाँतको स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ । दाँतमा पीडा, सड्ने, र धेरै खतरा हुने समय सम्म कुर्नु हुदैन । त्यसैले वर्षमा एकपटक डेन्टिस्टसंग परीक्षण गराउँनुपर्छ । यसबाट रोग निम्तनु अघि नै रोकथाम गर्न सकिन्छ ।

२. समस्या तत्कालै भुल्नु स् कुनै पनि समस्याबाट आराम मिल्नेबित्तिकै बिर्सने बानी खतरनाक साबित हुन्छ । फलोअपका लागि डाक्टरले बोलाएका छन् भने त्यसलाई फलो गर्नु पर्दछ । गिजाको शल्यक्रियाजस्तो स्थितिमा घाउ भरिन र पूरै सामान्य हुन समय लाग्छ, त्यसैले नियमित फलोअप गर्नुहोस् ।

३. आफैँ डाक्टर बन्नु स् विना डाक्टरी सल्लाह कुनै पनि औषधि सेवन गर्दा समस्या निम्तिन सक्छ। यसैले जब तपार्र्ईंलाई दाँत, मुख या शरीरको अन्य भागमा समस्या महसुस भएको छ भने डाक्टरकहाँ जानुस्, आफैंँ घरेलु उपचारमा नलाग्नुस्।

४. आफूलाई भएका सबै समस्या नभन्नु स् दाँतको उपचार गर्नुपूर्व पहिले कस्तो रोगमा कस्तो उपचार गर्नुभएको थियो भनेर सबै विवरण भन्नुस्। कुन औषधि कति लामो समयदेखि खाइरहनुभएको छ, कुन औषधिले एलर्जी भएको छ, सबै बताउनुस्। शरीरका अन्य भागको समस्या बताउँदा दाँतको उपचारमा पनि लाभकारी हुन सक्छ।

५. हतारहतार दाँत मोल्नु स् प्रायजसो मानिसहरु दाँतको सफाईमा समय दिँन झन्झट मान्छन्। हतारहतार ब्रस गर्दा दाँतको इनामेल कमजोर हुन्छ। त्यसैले दाँतलाई स्वस्थ बनाउँन अलि समय लगाएर ब्रस गर्नुपर्छ भने दिनमा कम्तीमा दुईपटक दाँत माझ्नुपर्छ। नरम ब्रसले दाँतकोे बाहिर र भित्र दुवैतर्फ सफाई गर्नुपर्छ। मुखको हरेक कुनामा ब्रस पुग्नुपर्छ। ब्रसलाई तीन–चार महिनामा बदल्नुपर्छ।

६. एन्टिसेप्टिक माउथवास नगर्नु स् ब्रस गर्नुका साथै माउथवास र फ्लासिङ पनि जरुरी हुन्छ। दाँतको बीचमा खाना अड्कन्छ, जसका कारण दाँतको सडन र गिजाको संक्रमण निम्तन्छ। यसैले स्वस्थ गिजा र दाँतका लागि डेन्टल फ्लास या इन्टरडेन्टल ब्रसको प्रयोग दाँतको बीचभाग सफा राख्न गरिन्छ। मुखलाई किटाणुरहित बनाउँन राती सुत्नुअघि एन्टिसेप्टिक माउथवासबाट एकपटक कुल्ला गर्नुआवश्यक छ।

७. जंकफुड बढी खानु स् बजारमा उपलब्ध कयौं खाद्यपदार्थ दाँतलाई हानी गर्ने खालका हुन्छन्। बढी सोडा, कोल्ड ड्रिंकजस्ता पेयपदार्थ पिउनाले दाँतलाई हानी गर्छन्। यिनीहरुले दाँतको इनामेललाई नोक्सानी पुर्‍याउँछन् र दाँतमा झन्झनाहट पैदा हुन्छ। यस्तै, अधिकमात्रामा गुलियो र टाँसिने पदार्थ जस्तै, क्यान्डी, चिप्स, क्रिम, बिस्कुट खानाले दाँतमा सडन पैदा हुन्छ। यी चिज कम खानुपर्छ। यदि बालबालिकाले बढी जिद्दी गर्छन् भने सातामा एकपटकमात्र यस्ता पदार्थ दिने बानी बसाउनुस्। यस्तो चिज खान दिनेबित्तिकै ब्रस गराउन नभुल्नुस्।

८. हरियो सागसब्जी र फल नखानु स् हरियो सागपात र फलफूल दुवै दाँतको स्वास्थताका लागि जरुरी हुन्छ। यी पदार्थबाट शरीरमा भिटामिन पाइन्छ। भिटामिन सि र भिटामिन डी दाँतका लागि फाइदाजनक हुन्छ। भिटामिन सिले गिजा स्वस्थ पार्छ। अनुसन्धानअनुसार जुन व्यक्तिले दैनिक करिब ८ सय मिलिग्राम भिटामिन डी सेवन गर्छ, उसमा गिजाको समस्या कम देखा पर्छ। भिटामिन डी मुख्यत चीज, दूध तथा दहीमा पाइन्छ।

९. सुर्तीजन्य पदार्थ बढी सेवन गर्नु स् चुरोट, बिडी, सुर्तीजस्ता सुर्तीजन्य पदार्थले गिजामा हानी गर्छ। दाँत पहेलो, कालो भएर बिग्रन्छ।

१०. अन्य केही नराम्रा बानी स् केही नराम्रा बानीहरु जस्तै, राती सुतेको समयमा दाँत कट्कटाउनु, पेन्सिल या कलम टोक्नु, आइसक्रिम चपाएर खानुजस्ता बानीले दाँतको इनामेल र दाँतसम्बन्धी हड्डीमा नराम्रो असर पर्छ।

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com