About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
उमेरलाई लिएर बेला बेला चर्चामा आउने अफ्रिदीले गरे उमेरबारे वास्तविक खुलासा !

Darpanpost शुक्रबार, बैशाख २०, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । पाकिस्तानका पुर्व कप्तान तथा अलराउण्डर शाहीद अफ्रिदीले आफ्नो वास्तविक उमेर खुलासा गरेका छन् । उनको उमेरलाई लिएर बेला बेलमा चर्चा हुँदै आएको थियो ।

आधिकारीक रेकर्डमा रहेको जन्म मिति सहि हो वा होइन भन्ने विषयमा समर्थकमाझ निकै चर्चा हुँदै आएका थियो । तर उनले आफ्नो वास्तविक उमेर सार्वजनिक गर्दै त्यो मतभेद अन्त्य गरेका छन् । उनले आफ्नो आत्मकथामा वास्तविक जन्म सन् १९७५ रहेको बताएका छन् । तर उनले कुन महिना र गते भने खुलाएका छैनन् ।

अफ्रिदीले यसै साता सार्वजनिक आफ्नो आत्मकथा ९गेम चेन्जर० मा यो खुलासा गरेका हुन् । यसअघि उनको आधिकारिक जन्म मिति सन् १९८० मार्च १ रहेको थियो । अफ्रिदीले सन् १९९६ मा केन्या विरुद्ध डेब्यू गरेका थिए । पाकिस्तानबाट उनले २७ टेष्ट, ३ सय ९८ ओडीआई र ९९ टी ट्वान्टी खेल खेलेका छन् ।

अफ्रिदिले १६ वर्षको उमेरमा नै शतक प्रहार गर्दै किर्तिमान कायम गरेका थिए । तर उनको खुलासासँगै उनको त्यसबेला उमेर २१ वर्ष रहेको खुलेको छ । एजेन्सी

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com