About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
पानीका मुहान सुक्न थालेपछि धामधम गाँउ छोड्दै

Darpanpost शुक्रबार, बैशाख २०, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

डोटी । डोटीमा गर्मीया सुरु भएसंगै डोटी जोरायलका बासिन्दा धामधम बस्ती सार्न थालेका छन् । पानीका मुहान भटाभट सुक्न थालेपछि जोरायल गाउँपालिका–३ थलीगाउँका बासिदाहरु गाउ छोड्न बाध्य भएका हुन्।

स्थानीयवासी कृष्णा थापाका अनुसार करीब ४५ परिवार पानीको समस्या झेल्न नसकेर बस्ती नै सरेर ठुलीगाडमा झरेको बताउनुभयो । उनले भने, “पानीको अभाव झेल्न नसकेर थलीगाउँको बस्ती वर्षेनी गर्मीयाममा ठुलीगाडमा आउन थालेको चार दशक हुन लागेको छ, पानीकै लागि बस्ती सारिँदैछ, पानीको पहल हुनसकेको छैन ।” झिसमिसे बिहानैबाट स्थानीय मुहानबाट चुहिने पानी सङ्कलन गर्दै आएपनि पछिल्लो समय पानीको समया देखिएको हो ।

पानीको अभाव झेल्न नसकेर थलीगाउँको बस्ती वर्षेनी गर्मीयाममा ठुलीगाडमा आउन थालेको चार दशक हुन लागेको ठुलीगाडस्थित विपीनगरका स्थानीय रोज कलेलले बताए ।

अहिले ३५ परिवारका २५० जनसङ्ख्या अझै थलीमा छन् । विसं २०५८ मा हेल्भेटास संस्थाले वर्षातको पानी सङ्कलन गर्ने घैँटा बनाइदिएको छ । तर घैँटा चुहिने भएकाले वर्षात् सकिएसँगै पानीको हाहाकार शुरु हुन्छ भने अर्कोतिर सङ्कलित पानी पिउँदा अधिकांश गाउँलेमा कमलपित्त रोग देखिने गरेको स्थानीयवासी बताउँछन् ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com