About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
मेलम्ची खानेपानी आउने सुर छैन, खर्च वढेको वढ्यै

Darpanpost शुक्रबार, बैशाख २०, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । २५ अर्ब २० करोड रुपैयाँ खर्च भइसक्दा पनि मेलम्चीको पानी काठमाडौं कहिले आउने अझै पक्का भएको छैन । मेलम्ची खानेपानी आयोजना सञ्चालन गर्ने भन्दै आयोजना प्रमुखलगायतका व्यक्तिहरुको मिलेमतोमा चरम लुट मच्चाइएको महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७५ ले ठहर गरेको छ । करोडौँ बिलको भुक्तानी विना प्रमाण गरेको देखिएको छ भने कयौँ शीर्षकमा गरिएको भुक्तानीमा अनियमितता रहेको भन्दै महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले त्यस्तो रकम असुलउपर गर्नै पर्ने जनाएको छ । असुलउपर गर्नुपर्ने भन्ने रकम नै अर्बभन्दा बढी छ । निर्माण काममा संलग्न ठेकेदारहरुले मागेजति भुक्तानी दिँदा पनि उनीहरु भाग्ने क्रम जारी छ । यसले सरकारी अधिकारीहरुले ठेकेदारसँग धेरै कमिसन मागेको संकेत गरेको छ ।

ठेकेदारलाई काम गरेबापतको रकम भुक्तानी दिने नाममा सरकारी अधिकारीहरुले सकेका छैनन ,लुट अनुसार काम भएको भए पानी त ल्याएका छन् भनेर केही समयका लागि छुट पनि पाउनसक्थे होला,’ महालेखापरीक्षकको कार्यालयका एक अधिकारीले भने, केदार संग मिलेर लुट मच्चाए तर खानेपानी मन्त्रालय र मेलम्ची आयोजनाका प्रमुखलगायतका कर्मचारीहरुले ठेकेदारलाई भगाएर आयोजना नै अनिश्चित बनाएका छन । यो समाचार आर्थिक दैनिक पत्रिकामा प्रकाशित छ ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com