About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
तातोपानी नाका खुलाउने तयारी : अरनिको राजमार्गको मर्मत तीव्र

Darpanpost शुक्रबार, बैशाख २०, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

बाह्रबिसे । तातोपानी नाका खुलाउन अरनिको राजमार्गको मर्मत तीव्र पारिएको छ । वर्षा सुरु हुनु अघि नै निर्माण र मर्मत सक्न राजमार्गको वनदेउदेखि भोटेकोसी गाउँपालिकाको सीमा क्षेत्रसम्म ३५ किलोमिटर सडक मर्मत भइरहेको छ । सडक डिभिजन कार्यालय चरिकोटले ५ प्याकेजमा ३ महिनाभित्र सक्न टेन्डर गरेर सडक मर्मतलाई तीव्रता दिएको डिभिजन प्रमुख धर्मेन्द्र झाले बताए । उनका अनुसार कटानमा परेका राजमार्गखण्डमा मेसिनरी वाल (सिमेन्टको पर्खाल) उठाएर चौडा पारिनेछ । वर्षाले सडक कटान गरेर एकतर्फी आवागमनमा समेत समस्या देखिएको कोठे, महभिरलगायत ठाउँमा सडक चौडा पारेर पहिरो नियन्त्रण गरिने उनले बताए ।

जुरे पहिरो क्षेत्रको सडकमा नाली र पानी सडक बाहिरबाट बगाएर आगामी वर्षामा समेत अवरुद्ध नहुने गरी मर्मत गर्न लागेको सडक कार्यालयले जनाएको छ । पहिरो नियन्त्रणसँगै राजमार्गका बिग्रिएका १२ किलोमिटर खण्डमा कालोपत्रेसमेत गरिने डिभिजन प्रमुख झा बताउँछन । करिब ३४ करोड रुपैयाँमा ठेक्का दिइएको उनले जानकारी दिए। निर्धारण समयमै काम सक्न ठेकेदारलाई निर्देशन दिइएको छ, झाले भने, समयमा सक्नुका साथै गुणस्तरमा पनि कुनै सम्झौता नहोस भनेर नियमित अनुगमन गरिरहेका छौं । यो समाचार युवराज पुरीले अन्नपूर्णमा लेखेका छन।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com