काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी्भित्र एघार महिनापछि जिल्ला कमिटीको अध्यक्ष र सचिव चयन गरेपनि अन्य सांगठानिक एकता प्रक्रियाले गति लिन सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन । वैशाख ९ गते ७७ वटा जिल्लाका अध्यक्ष र सचिवको घोषणा गरेको नेकपाले सांगठानिक एकताको बाँकी काम अगाडि बढाउन नसकेको हो । पार्टीको सचिवालय बैठक दुई पटक बसेपनि सांगठानिक एकताको गाँठो फुकाउन सकेको छैन।
नेकपा भित्र जिल्ला कमिटीमा रहने सदस्यहरु छनोट, जनवर्गीय संगठनको नेतृत्व, पोलिटब्यूरो गठन, केन्द्रीय विभागहरुको गठनको काम अगाडि बढन सकेको छैन। सचिवालयले जिल्ला कमिटीको पुर्णता दिनको लागि प्रदेश कमिटीको नेतृत्वलाई सर्कुलर जारी गरिएको छ । यस अघि जिल्ला कमिटीमा रहने सदस्यहरुको नामावली तयार भएपनि केही जिल्लामा भने विवाद रहेको थियो ।