लमजुङ । केटी जिस्काएको निहुँमा जन्ती र बेहुली पक्षबीच कुटाकुट हुदाँ एक जनाको मृत्यु भएको छ ।
बुधबार लमजुङको अल्कटारबाट गएका जन्ती र गोरखा कुमाल गाउँका माइती पक्षबीच केटी जिस्काएको विषयमा विवाद पछि कुटाकुट हुँदा घाइते जन्ती अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको उपचारको क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको सत्यतथ्य बुझ्न एसपी भोला रावलसहितको टोली अहिले पालुङटारतर्फ गईरहेको र घटनामा संलग्नहरुको खोजी भइरहेको र शंका लागेका केहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण आउन अझै बाकी रहेको पनि प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्, दाइजोमा लाखौँ रुपैयाँ ल्याए पनि सुत्ने पलङ नल्याएको निहुँमा रौतहटमा एक महिलाको हत्या भएको आरोप माइती पक्षले लगाएको छ। गत शनिबार झुन्डिएको अवस्थामा भेटिएकी एक युवतीलाई पलङको निहुँमा हत्या गरेर झुन्ड्याएको माइती पक्षले आरोप लगाएको हो।।राजदेवी नगरपालिका ३ चण्डिहाका २४ वर्षीय विवेक तिवारीले २२ श्रीमती निशा उपाध्याय तिबारीलाई माइतीबाट दाइजोस्वरुप सुत्ने पलङ नल्याएको निहुँमा
चरम यातना दिई हत्या गरी आत्महत्या गरेको भन्ने देखाउन पासोमा झुन्ड्याएको मृतकका दाजु दिलीप उपाध्यायले बताए।निशाको विवेकसँग ०७३ फागुनमा मागी विवाह भएको थियो। बिहेमा नगद ८ लाख, मोटरसाइकल, टिभी, दराज लगायतका सामान दिए पनि पलङ नदिएको भन्दै निशालाई पटक–पटक यातना दिँदै आएका माइती पक्षको आरोप छ।
यता काठमाडौंको मैजुबहालमा पीपलको रुखमा एक पुरुषको शव झुण्डिएको अवस्थामा भेटिएको छ ।
उक्त शव खोटाङ घर भइ हाल काठमाडौँ बौद्ध बस्दै आएका ३४ वर्षका आङदेवा शेर्पाको रहेको प्रहरीले जनाएको छ । मैजुबहाल चोकबाट पश्चिमतर्फ रहेको सो पीपलको रुखमा झुण्डिएको अवस्थामा बिहीबार बिहान ७ बजे स्थानीयले फेला परेका हुन् ।
शेर्पालाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।
शेर्पाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको र उनको हत्या वा आत्महत्या के हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।