काठमाडौं । बर्ड फ्लूका कारण एक जनाको मृत्यु भएको छ । कुखुरा र चरालगायत पंक्षीमा देखिएने बर्डफ्लू मानिसमा पहिलो पटक सरेको पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै बर्डफ्लूको संक्रमणका कारण काभ्रेका २१ वर्षीय एक युवकको बर्डफ्लू (एच फाइब एन वान) बाट मृत्यु भएको पुष्टि भएको हो । मृतकको नाम भने खुलाइएको छैन ।
ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइए पनि उनको श्वासप्रश्वासमा समस्या हुँदा चैत १५ गते नै मृत्यु गएको थियो ।
बिरामी भएर उपचारका लागि अस्पताल पुर्याइएका ती युवकको र्यालको परीक्षण पछि उनलाई बर्ड फ्लू भएको भन्ने पुष्टि भएको हो । स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले अप्रत्यासित घटना भएको बताए ।
यो पनि पढ्नुहोस्, एनसेल बहिष्कार अभियान देश व्यापी बन्दै गएको छ । नेपालमा निजी क्षेत्रको सबै भन्दा ठुलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले कर छल्दै आएको भन्दै एनसेल बहिष्कार अभियान देशव्यापी बन्दै गएको हो । जस अन्तर्गत सिम जलाएर ठाउँठाउँबाट विरोध समेत हुन थालेको छ ।
‘छिटो भन्दा छिटो राज्यलाई कर तिर्नु पर्ने’ भन्दै नवलपुर जिल्लाका युवाहरूले एनसेलको सिम जलाइ बहिष्कार गरेका छन् । कावासोती सदरमुकाम स्थित फलफुलचोकमा नलवपुरका सामाजिक अभियान्ताहरूले एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै यही बुधवारबाट एनसेलको सिम नै नचलाउने घोषणा गरेका छन् । सरकारलाई ४० अर्बभन्दा बढी राजश्व नबुझाएर छलकपट गर्न थालेको भन्दै अन्य ठाउँमा पनि अभियान चलाइएको छ ।
सामाजिक अभियन्ता किरण भुर्तेलको संयोजकत्वमा उपस्थित युवाहरूले फलफूलचोकमा एनसेलका सिम, एनसेल सिम खरिद गर्दा लिइने फारम लगायतका एनसेलसँग सम्बन्धित कागजपत्र जलाउँदै बुधबारदेखि एनसेलको सिम प्रयोग नगर्ने उद्घोष गरेका हुन् । पुँजीगत लाभकर बापतको शुल्क तिराउन सक्रिय अधिवक्ता तथा एनसेलको विपक्षमा बहस गर्दै आएका अधिवक्ता सुरेन्द्र भण्डारीले पनि एनसेलबिरुद्द अभियान नै चलाएका छन् ।
सर्वोच्च अदालतले समेत कर तिर्न नपर्ने गरी एनसेलको पक्षमा फैसला गरेपछि जनआक्रोस बढ्न थालेको हो । जसको विरोध स्वरूप देशभरीबाट एनसेल बिहिष्कार अभियान थालिएको हो ।