About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
थाइल्याण्डका राजाले गरे आफ्नी अंगरक्षक संग विवाह

Darpanpost बिहिबार, बैशाख १९, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

एजेन्सी । बुधबार थाइल्याण्डका राजा वजिरालंगकर्नले उनको व्यक्तिगत सुरक्षा टिमकी उपप्रमुख सुथिदा टिदजाईसँग विवाह गरेका छन । विवाह लगतै टिदजाईलाई रानीको पदावी दिइएको छ । राज्यभिषेकको तीन दिन अघि भएको विवाहको घोषणाबाट धेरै आश्चर्यमा परेका छन् । विवाह राजपत्रमार्फत घोषणा गरिएको थियो । बुधबार भएको विवाह समारोहको फुटेज सबै थाई टीभी च्यानलमा बेलुकीपख प्रशारण हुने दरबार खण्डमा देखाइएको थियो ।
६६ वर्षे वजिरालंगकर्न थाइल्याण्डमा निक्कै लोकप्रिय रहेका उनका पिता राजा भूमिवोल अदुलयादेजको मृत्युपछि राजा भएका हुन। ७० वर्षसम्म राजा भएका भूमिवोलको सन २०१६ अक्टोबरमा मृत्यु भएको थियो । राजाको कामकाज गरिरहे पनि वजिरालंगकर्नको अझै राज्यभिषेक भएको छैन । पूर्व राजाको मृत्युको शोक अवधि चलिरहेकाले यो अवधिमा सुभकाम नगरिहएको हो ।

शनिवारबाट उनको राज्यभिषेक समारोह सुरु हुने समयतालिका छ । सोही समारोहलाई मध्यनजर गरेर उनले विवाह गरेको विश्वास गरिएको छ । थाइल्याण्डमा राज्यभिषेकको क्रममा बौद्ध र ब्रामण्डबाट विशेष पुजा हुने गर्छ । त्यसको भोलिपल्ट राजधानी बैंककमा राजा रानी सहितको राज्यभिषेक यात्रा हुन्छ । सन २०१४ मा वजिरालंगकर्नले सुथिदालाई उनको अंगरक्षक टिमको उप–कमाण्डका रुपमा चुनेका थिए । सुथिदा थाई एअरलाइनको पूर्व–फ्लाइट एटेन्डेन्ट हुन । केही शाही विश्लेषक तथा विदेशी मिडियाले पहिले नै सुथिदा र राजाबीच सम्बन्ध रहेको चर्चा गरेको थिए । तर थाई दरबारले यसबारेमा कहिले पनि केही बताएन । राजा भइसकेपछि वजिरालंगकर्नले सुथदालाई जनरल बनाएका थिए । साथै उनलाई शाही पदावी थन्पुयीङ पनि प्रदान गरिएको थियो । वजिरालंगकर्नमा विगतमा तीन पटक विवाह भएको थियो । तर सबै विवाह डिभोर्समा टुगिंएको थियो । विगतका सम्बन्धबाट उनका सात सन्तान छन ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com