About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
आईपीएल : दिल्ली र चेन्नईको आज भिडन्त, सन्दीपको सम्भावना कति ?

Darpanpost बुधबार, बैशाख १८, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । इन्डियन प्रिमिएर लिग आइपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङसबीच प्रतिस्पर्धा हुँदैछ । दुई खेल अघि नै प्ले अफमा पुगेको दिल्ली र चेन्नई शीर्ष स्थानको होडमा एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन् । चेन्नईको घरेलु मैदानमा खेल बेलुका ८:१५ बजे सुरु हुनेछ ।

दिल्ली शीर्ष स्थान कब्जा गरिरहने लक्ष्यमा छ भने चेन्नई दिल्लीलाई हराउँदै शीर्ष स्थानमा पुग्ने रणनीतिमा छ । १२ खेल मध्ये ८ मा जितसहित १६ अंकका साथ दिल्ली अहिले शीर्ष स्थानमा छ । दिल्लीले ४ खेलमा हार बेहोरेको छ । समान खेलबाट समान नतिजा निकालेको चेन्नई १६ अंक भएपनि रनरेटका आधारमा दोस्रो स्थानमा छ । दुबै टोली उपाधि होडमा छन् । दिल्लीलाई युवा खेलाडीको साथ छ । भने, चेन्नई अनुभवि खेलाडीमा प्रेरित छ ।

दिल्लीले आजको खेलमा नेपालका लेगस्पिनर सन्दीप लामिछाने प्लेइङ–११ मा समावेश गर्ने सम्भावना छ । यसअघि रोयल च्यालेन्जर्स बेङलोरविरुद्ध सन्दीप महंगा साबित भएका थिए । उनले ३ ओभरमा मात्र बलिङ गर्न पाएका थिए । तर, उनको टोली जित निकाल्न सफल भएको थियो । कप्तान श्रेयस ऐयरले आज पनि पुरानो टोलीलाई निरन्तरता दिने सम्भावना रहेको छ ।

दिल्लीले पछिल्लो खेलमा बैंङलोरमाथि १६ रन, राजस्थान रोयल्सविरुद्ध ६ विकेट र किङस –११ पन्जाबविरुद्ध ५ विकेटको जित निकालेको थियो । चेन्नइले मुम्बई इन्डियन्ससँग ४६ रनको हार बेहोरेको थियो भने सनराइजर्स हैदराबादविरुद्ध ६ विकेटको विजय हासिल गरेको थियो । यस्तै बैंङलोरसँग १ रनले पराजित भएको थियो ।

चेन्नइको सम्भावित प्लेइङ ११: फाफ डु प्लेसिस, सेन वाट्सन, सुरेश रैना, अम्बाती रायडु, केदार जादभ, महेन्द्रसिँह धोनी तथा धरुभ सोरे, ब्राभो, रबिन्द्र जडेजा अथवा मिचेल, दिपक चाहर, हरभजन सिंह र इमरान ताहिर ।

दिल्लीको सम्भावित प्लेइङ ११: पार्थिक पटेल, शिखर धवन, श्रेयस ऐयर, रिसब पन्त, कोलिन इग्राम, सेरफन, अक्सर पटेल, सन्दीप लामिछाने, अमित मिश्रा, कागिसो रबडा र इसान्त शर्मा ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com