About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
प्रिती जिन्टाका पुर्व प्रेमीलाई जेल !

Darpanpost बुधबार, बैशाख १८, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । २ सय ८३ वर्ष पुरानो वाडिया समूहका उत्तराधिकारी नेस वाडियालाई लागुऔषध राखेको आरोपमा जापानमा दुई वर्षको जेल सजाय सुनाइएको छ । त्यहाँको सपोरो जिल्लाको अदालतले वाडियालाई सजाय सुनाए । यद्यपी, उनी पाँच वर्षका लागि जेल जानु पर्दैन ।

यसैबीच नेसले जापानमा विभिन्न गैर–कानूनी काम गरिरहेकाले उनलाई जेल पठाइने अन्तरराष्ट्रिय मिडियाले बताएका छन् । मिडिया रिपोर्टका अनुसार वाडिया मार्चमा जापानको होक्काइडो आइल्याण्डको एयरपोर्टमा पक्राउ गरिएको थियो । उनीसँग २५ ग्राम लागुऔषध भेटिएको थियो । नेस छुट्टी बिताउन जापान गएका थिए ।

वाडियाले नीजि प्रयोगका लागि लागुऔषध राख्ने कुरा स्विकारेः रिपोर्ट

रिपोर्टका अनुसार नेस वाडिया २० मार्चअघि जापान पुलिसको हिरासतमा थिए । पछि जमानतमा छुटेर भारत फिर्ता भएका थिए । उनले नीजि प्रयोगका लागि लागुऔषध राखेको कुरा स्विकारेका थिए । नेस वाडिया आइपीएल समूह किंग्स इलेवन पंजाबका सह–मालिक हुन् । उनी नायिका प्रीति जिन्टाका पूर्व प्रेमी हुन् ।

नेसको जिम्मेवारी प्रभावित हुनेछैनः वाडिया ग्रुप

वाडिया ग्रुपले नेस भारतमा भएको जानकारी दिएका छन् । ग्रुपले भन्यो, ‘जापानको अदालतले उनलाई जुन सजाय सुनाएको छ त्यो सस्पेन्ड छ । त्यसकारण नेसको काम–कारवाही र उनको जिम्मेवारीमाथि कुनै असर पर्ने छैन ।’

वाडिया ग्रुपसँग ब्रिटानिया, गो एयरजस्ता कम्पनीः

नेस, वाडिया ग्रुपका अध्यक्ष नुस्ली वाडियाका जेठो छोरा हुन् । बम्बे डाइंग, ब्रिटानिया इन्टष्ट्रिज र गो एयर वाडिया ग्रुपको कम्पनी हो । नेस बम्बे डाइंग र बम्बे बरमाह ट्रेडिङ कर्पसमेत केही अन्य कम्पनीका निर्देशक हुन् ।

यो पनि पढ्नुहोस्, भारतमा लोकसभा चुनावको चौथो चरणको मतदानमा बलिउडका विभिन्न सेलिब्रिटीको पनि सहभागिता रह्यो । यसै क्रममा शाहरुख खान र उनकी श्रीमती गौरीले पनि मतदान गरे । सोमबार भएको यो मतदानमा शाहरुख र गौरीले पाँच वर्षका कान्छा छोरा अबरामलाई पनि सँगै लिएर गए । शाहरुखले छोरालाई लिएर जानुको कारण सोसल मिडियामा सार्वजनिक गरेका छन् ।

उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेका छन्, ‘मेरो सानो छोरा बोटिङ र भोटिङका बीच अल्मिल्लिएको थियो । त्यसकारण उनलाई अनुभव गराउनुका लागि सँगै लिएर गयौं ।’

 

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com