दर्पण पोष्ट । रुपन्देहीको देवदहमा दुई दिने कानुनी परामर्श तालिम सुरु भएको छ । देवदह नगरपालिका वडा नम्बर ७ को आयोजनामा मंगलबारबाट तालिम सुरु भएको हो । तालिमको शुभारम्भ गर्दै देवदह उपप्रमुख विद्यालक्ष्मी गुरुङले नगरपालिकाले महिला शसक्तिकरणको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बताउनु भयो । महिलाले आफ्नो अधिकारको बारेमा नबुझ्दा हेपिनु परेको उहाको भनाई थियो ।
उक्त अवशरमा वडा अध्यक्षहरु पदम थापा, डण्डपानी भट्टराई, वडा सदस्यहरु सरस्वती पोख्रेल, सिता बिश्वकर्मा लगायतले बोलेका थिए । करीब ८० जना महिलाहरुको सहभागिता रहेको तालिमको सहजिकरण अधिवक्ता हेमा न्यौपानेले गर्ने वडा सचिव मित्र थापाले जानकारी दिनु भयो ।