लाप्लेजुङ । संविधानले मौलिक हक अन्तर्गत नागरिकको स्वास्थ्या उपचारको हक ग्यारेन्टी गरेको छ । यसको अर्थ नागरिकको स्थास्थ्योपचारमा सरकारको दायित्व हुन्छ भन्ने हो । तर ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिका २ थेचम्बुका १७ वर्षीय सन्देश लिम्बू आफ्नो उपचारका क्रममा लागेको पैसा बुझाउन नसक्दा स्वस्थ भए पनि घर जान पाएका छैनन।
२०७५ मंसिर २६ गते झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना भएका लिम्बु उपचारबापत लागेको खर्च बुझाउन नसक्दा १५ दिनदेखि अस्पतालकै शय्यामा बन्धक छन। १५ दिनअघि घाउ च ठीक भएको हो तर उपचार खर्च तिर्ने पैसा नभएकाले अस्पतालमै बन्धकजस्तै भएर बस्न बाध्य छु, सर्जरी वार्डको २२ नम्बर शय्यामा रहेका लिम्बुले भने । यो समाचार खगेन्द्र अधिकारीले नागरिकमा लेखेका छन।