Breaking News

Online Radio

काठमाडौंमा भूमिगत पानीको भण्डार रित्तिँदै

प्रकाशित मिति : २०७५-फाल्गुन-२९ ०९:२८ || Tank Sunar

काठमाडौं । काठमाडौं उपत्यकावरिपरि ठूला नदीनाला छैनन् । पानीको स्रोत कुण्ड र पोखरी पनि धेरै छैनन। उपत्यकावासीले पानी उपभोग गर्ने भनेकै भूमिगत सतहको हो । लामो समयदेखि काठमाडौ‌ं उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न थालेपछि पानीको सतह तीव्र रूपमा घट्दै गएको छ । जमिनमुनि पानीको भण्डार रित्तिने र थप पानी रिचार्ज हुन (ग्राउन्ड वाटर रिचार्ज) कम हुँदै जान थालेपछि उपत्यका जुनसुकै वेला भासिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन। भूमिगत जलस्रोत विकास समितिले विगत नौ वर्षदेखि उपत्यकाका विभिन्न २९ ठाउँमा डिप ट्युबवेल राखेर गरेको अध्ययनबाट हरेक वर्ष पानीको सतह घट्दै गएको देखिएको छ ।

बढ्दो जनसंख्या र तीव्र रूपमा विस्तार भएको सहरीकरणले पनि भूमिगत सतहबाट पानी दोहन भइरहेको छ । आवास भवन, उद्योग, कलकारखाना, सडकलगायत भौतिक संरचना वातावरणमैत्री नहुँदा जमिनमुनि रिचार्ज हुन समस्या भइरहेको भुमिगत जलस्रोत विकास समितिको भनाइ छ ।

उपत्यकाबाहिर जमिनमुनिको पानीमा समस्या छैन

काठमाडौं उपत्यकामा जमिनमुनिको पानीको दोहन अत्यधिक भए पनि उपत्यकाबाहिर भने त्यस्तो समस्या देखिएको छैन । ‘हामीले उपत्यकाबाहिरका केही ठाउँमा डिप ट्युबवेल राखेर जमिनमुनि पानीको अध्ययन गरिरहेका छौँ,’ पोखरेलले भने, ‘तर, उपत्यकाबाहिरका कुनै पनि ठाउँमा जमिनमुनि पानीको सतह घटेको छैन ।’

उपत्यकाबाहिर जमिनमुनि पानी रिचार्ज हुँदा उल्टै भारतको बिहार, उत्तर प्रदेशलगायत क्षेत्रमा राहत पुग्ने गरेको पोखरेलको भनाइ छ । भूमिगत जलस्रोत विकास समितिले ०६६ पुस महिनादेखि उपत्यकाका विभिन्न २० क्षेत्रमा डिप ट्युबवेल राखेर अध्ययन सुरु गरेको थियो । आवश्यकताअनुसार डिप ट्युबवेल थप्दै गएपछि अहिले २९ क्षेत्रमा राखेर जमिनमुनि पानीको अध्ययन भइरहेको छ । यो समाचार वीरेन्द्र अ‍ोली र सुवाष भट्टले नयाँ पत्रिकामा लेखेका छन।

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com