Breaking News

Online Radio

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १४ जना घाइते

प्रकाशित मिति : २०७५-फाल्गुन-१८ २३:०० || Tank Sunar

सल्यान । नेपालगञ्जबाट रुकुम सिलिङ्गेका लागि छुटेको भे १ ज १००२ न फोर्स गाडी जिल्लाको बागचौर नगरपालिका वडा नं १ कालाखेत बजार नजिकै दुर्घटना हुँदा १४ जना घाइते भएका छन । आज दिउँसो भएको भएको दुर्घटनामा गाडी सडकबाट झण्डै १५ मिटर तल शारदा नदीमा खसेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएकाले सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अन्य घाइतेमा पाँच जनाको जिल्ला अस्पताल सल्यान, पाँच जनाको श्रीनगरका विभिन्न अस्पताल र दुई जनाको थारमारेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com