About Contact
२१ आषाढ २०७९, मंगलबार
Close
बिज्ञापन
वकिलबाट ठगिए सर्वोच्चका पूर्वन्यायाधीश

Darpanpost बुधबार, फाल्गुण ०१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले द्वन्द्वकालीन मुद्दामा अन्तर्राष्ट्रिय समुदायले देखाएको चासोदेखि व्यावसायिक रुपमा सेनाले थालेको जग्गा प्लटिङमसम्मका विषयलाई प्राथमिकताका साथ उठाएका छन् । त्यस्तै वकिलबाटै सर्वोच्चका न्यायाधीश ठगिएको, २ करोड धरौटी बुझाएर गोपाल खड्का छुटेको खबरलाई पनि आजका पत्रपत्रिकाहरुले छापेका छन् ।

कारोबारले नेपालीलाई १ खर्बको जलविद्युत् सेयर दिन लागिएको लेखेको छ भने अन्नपूर्णमा ४ सय वर्ष पुरानो वृक्ष चोरिएको सामग्री छ ।

केही दिनदेखि सेनाभित्रका बेथितिको समाचार सार्वजनिक गर्दै आएको नयाँ पत्रिकाले आज पनि सेनाभित्र मौलाएको पेशागत मर्यादाविपरीतका गतिविधिको चर्चा गरेको छ । समाचार अनुसार, देशको भूमिरक्षा गर्ने दायित्व बोकेको राष्ट्रिय सेना इन्चीटेप बोकेर कित्ताकाट गर्दै घडेरी बेचबिखनमा लागेको छ । जग्गा प्लटिङसँगै पेट्रोलपम्प, सडक ठेक्कालगायतमा देखिएको सेनाको संलग्नतालाई सुरक्षाविद्हरुले गलत भएको बताएका छन् ।

‘वकिलबाटै ठगिए सर्वोच्चका पूर्वन्यायाधीश’ शीर्षक दिएर नयाँ पत्रिकाले अर्को खबर पनि लेखेको छ । समाचार अनुसार, आफूलाई मानवअधिकारकर्मी भन्दै आएका अभिवक्ता गोपाल सिवाकोटी चिन्तनले कानूनसम्बन्धी क्याम्पस स्थापना गर्ने भन्दै सर्वोच्चका पूर्वन्यायाधीश लगायतलाई ठगेका हुन् ।

नयाँ पत्रिकाका अनुसार २ करोड ७६ लाख हिनामिना गरेको अभियोगमा अधिवक्ता तथा मानवअधिकारकर्मी सिवाकोटी र उनका साथी बद्रीबहादुर थापालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश पवनकुमार ओझाको अध्यक्षतामा कलेज स्थापनाका लागि खोलिएको मञ्जुश्री एकेडेमीको रकम सिवाकोटी र थापाले व्यक्तिगत प्रयोजनमा खर्च गरेका हुन् । कम्पनीका सेयरधनी रहेका सर्वोच्चकै पूर्वन्यायाधीश भरतबहादुर कार्की, वरिष्ठ अधिवक्ताहरु कृष्णबहादुर भण्डारी, हरिहर दाहाल, विश्वकान्त मैनालीलगायत पीडित बनेका छन् ।

एसईईका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक छापिन लागेको खबर पनि नयाँ पत्रिकामा छ । प्रदेशअनुसार फरकफरक प्रश्नपत्र तयार गरी ७२ सुरक्षाकर्मीको तीन घेरामा जनक शिक्षा सामग्री केन्द्रमा छपाइ गर्ने तयारी भइरहेको समाचारमा उल्लेख छ ।

कान्तिपुरले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संगठनहरुले संक्रमणकालीन न्यायको त्रुटिपूर्ण प्रक्रिया सच्याउन आग्रह गरेकोलाई मुख्य समाचार बनाएको छ । एमनेस्टी इन्टरनेशनल, अन्तर्राष्ट्रिय न्यायलय र ट्रायल इन्टरनेशनलले सोमबार विज्ञप्ति जारी गर्दै संक्रमणकालीन न्यायलाई पहिलेजसरी त्रुटिपूर्ण ढंगले अघि नबढाउन आग्रह गरेको समाचारमा उल्लेख छ ।

त्यस्तै जनयुद्धको सम्झना धुम्बाराहीमा हुन लागेकोदेखि सुन काण्डमा थप दुई न्यायाधीश जनक पाण्डे र साधुराम सापकोटा तानिएकोसम्मका खबर कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ ।

नागरिकले नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको लेखेको छ । त्यस्तै सुपर कम्प्युटरले काम नपाएको खबर पनि नागरिकमा छ ।

अन्नपूर्णले नेकपाको जम्बो केन्द्रीय समितिको प्रभावकारिताबारे चर्चा गरेको छ । अन्नपूर्णका अनुसार, नेकपाको जम्बो समिति कामयाबी बन्न सकेको छैन ।

प्रस्तावित संघीय निजामती ऐनबारे पनि अन्नपूर्णले आज समाचार बनाएको छ । अन्नपूर्णका अनुसार कर्मचारी कस्ने गरी उक्त ऐन आएको छ ।

जापानको राजधानी टोकियो नजिकै साइतामास्थित एक बगैंचाबाट ४ सय वर्ष पुरानो बोनसाई ९आकारमा ल्याइएको वृक्ष चोरिएकोलाई अन्नपूर्णले एंकर बनाएको छ । अरु ६ वटा रुखसमेत चोरिएका छन् ।

सरकारले ५ वर्षमा थिति बसाल्छ भनेर प्रधानमन्त्रीले जनाएको प्रतिबद्धतालाई गोरखापत्रले मुख्य समाचार बनाएको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com