About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
९० लाख बढी दान सङकलन

Darpanpost मंगलबार, माघ २९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दाङ ,
पीताम्बर रिजाल । घोराही उपमहानगरपालीका स्थित जयशेर माध्यामीक विद्यालय रावतगाउमा  प्राविधीक शिक्षा संचालनका लागी आयोजना गरिएको श्रीमद भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञ २०७५ को आज आठौ दिनसम्म ९० लाख बढी दान संकलन भएको छ । श्रीमद भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञ २०७५ को आठौ दिनसम्म ९० लाख रुपैया दान संकलन भएको आर्थिक समितिले जानकारी दिएको छ । आज एकै परिबारले बिसलाख भन्दा बढी दान गरेका छन् ।घोराही उपमहानगर पालिका वडा नम्बर ६ कम्दा घडेरी निवासी स्व बुबा लक्ष्मण वली र स्व आमा तुलसादेबी वलीको स्मृतीमा छोराहरु घनश्याम वली गंगाराम वली,रञ्जित वली,महाबीर वली, बिष्णु प्रसाद वली,र रेख बहादुर वलीले बिस लाख ११ हजार १११ रुपैँया दान गर्नुभएको हो ।यस्तेै घोराही उपमहानगर पालिका वडा नम्बर ६ बचा नबिासी केशब महराले ६ लाख असी हजार रुपैया,घोराही उपमहानगर पालिका वडा नम्बर ६ चोरगाउ निबासी जगबीर चौधरीले ५ लाख ६१ हजार रुपैया, घोराही उपमहानगर पालिका वडा नम्बर ६ पन्नेपुर निबासी चुर्णबहादुर वलीले २ लाख ७१ हजार पाँच रुपैया, घोराही उपमहानगर पालिका वडा नम्बर ७ निबासी रेवता देवी योगी र छोरा बलदेब योगीले ३ लाख १ हजार १ सय पाँच, घोराही उपमहानगर पालिका वडा नम्बर १६ सर्रा निबासी प्रबिण भण्डारी र आमा बोधादेबी भण्डारीले२ लाख ५ हजार ५ सय ५५, बाँके जिल्ला कोहलपुर निबासी प्रमोद श्रेष्ठ र मिनाश्रेष्ठले १ लाख १ट हजार १११, घोराही उपमहानगर पालिका वडा नम्बर १६ बयरबटुवा निबासी श्यामलाल भण्डारीले ८१ हजार रुपैया महायज्ञमा दान गर्नुभएको छ । यस्त ैघोराही उपमहानगर पालिका वडा नम्बर १६ पर्सा निबासी तारा डिसीले५५ हजार पाच सय ५५, घोराही उपमहानगर पालिका वडा नम्बर १६ सर्रा नबिासी रमेश जिसीले ५१ हजार एक सय रुपैया, घोराही उपमहानगर पालिका वडा नम्बर १५ निबासी वशन्तराज थापाले ५१ हजार १ सय ५१ रुपैया, घोराही उपमहानगर पालिका वडा नम्बर १६ निबासी गोपाल भण्डारीले ५१ हजार १सय ११, घोराही उपमहानगर पालिका वडा नम्बर ६ फचकपुर टोल बिकास सस्थाले ५० हजार १सय पाँच , घोराही उपमहानगर पालिका वडा नम्बर ६ पीपल छहारी टोल बिकास सस्थाले ४० हजार ५५ रुपैया दान गर्नु भएको छ ।
महायज्ञमा मुख्य वाचक पण्डित अमृत शरण देबाचार्य रहनु भएको छ ।महायज्ञमा दैनिक धार्मीक कार्यहरु हुने गरेको छ । महायज्ञमा संगीतमय कथा प्रवचन तथा झाँकी पर्दशन र धार्मीक नाटक हेर्न र सुन्नकालागी भक्तजनहरुको बाक्लो उपस्थिति रहने गरेको छ । विद्यालयको उद्धेश्यप्राप्तीकालागी महायज्ञमा सक्दो सहयोग गर्न महायज्ञका निर्देशकरेख वहादुर वलीले अनुरोध गर्नु भएको छ । यही माघ २२ गते देखी सूरु भएको महायज्ञको समापन भोलि गरीने आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com