About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
सत्तारुढ सांसदले फिर्ता गरे ‘प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई ललिपप’ !

Darpanpost मंगलबार, माघ २९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । विपक्षीले सरकारको आलोचना गर्ने र सत्तारुढ दलका सांसदले त्यसको काउन्टर गर्ने संसदमा मंगलबार अरु दिनभन्दा फरक दृश्य देखियो ।

सत्तारुढ सांसदहरुले सरकारको धुँवादार आलोचना मात्र गरेनन्, ‘प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई दिएको ललिपप’ फिर्ता गर्ने भन्दै रोष्टममै चकलेट नै देखाए ।

मंगलबार संसदमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरीवेक्षण र समन्वय विधेयक २०७५’माथि छलफल थियो । बैठकमा विपक्षी सांसदसँगै सत्तारुढ नेकपाका सांसदहरुले पनि संविधानको मर्म विवरित विधेयक ल्याएको भन्दै सरकारको आलोचना गरे । आलोचना गर्ने मध्ये एक संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले बैठकमै ललिपप देखाएका हुन् ।

मुख्यमन्त्रीहरुले पटकपटक प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँदा पनि संविधान विपरित विधेयक आएको उनले बताए। ‘अहिले प्रधानमन्त्रीज्यूले मुख्यमन्त्रीजीलाई बोलाएर ललिपप दिने कुरा गर्नुभएको छ । मैले आफ्नो प्रदेश २ का मुख्यमन्त्रीसँग कुरा गरेँ’ उनले भने, ‘उहाँले भन्नुभएको छ कि हामी बच्चा छैन । प्रधानमन्त्रीले जुन ललिपप दिनुभएको छ, त्यो ललपिपलाई हामी मान्दैन ।’

सम्बोधनका क्रममा उनले दायाँ हात कोटको खल्तीमा हाले र केही झिके जस्तो गरे । उनले के गर्दैछन् भन्ने जिज्ञासु नजरले सांसदहरुले हेरिरहेका थिए ।

‘प्रधानमन्त्रीको ललिपप प्रदीपजी तपाई लिएर जानुस् सभामुख महोदयमार्फत फिर्ता गरिदिनुस्, उहीँ खान दिनुस्’ भन्दै यादवले हातमा ललिपप देखाए ।

सांसद यादवले सीडीओलाई छोटे राजा बनाउने र मुख्यमन्त्रीलाई विना सेनाको सेनापति बनाउन खोजेको उनको यादव छ ।

सबै प्रदेशका मुख्यमन्त्रीहरुले पटक पटक प्रधानमन्त्रीलाई भेटेर शासन गर्ने अधिकार माग गरिरहेको बेलामा सरकारले प्रदेश सरकारको अधिकार कटौती गर्ने गरी विधेयक ल्याउनु संघीयता मार्न खोज्नु भएको सांसद यादवले बताए । ‘यस्तो विधेयक आउँदा मलाई गजब लाग्छ कि आफूले जन्माएको बच्चालाई यही सरकारले मार्ने काम गरिरहेको छ’ उनले प्रश्न गरे ‘यो देशमा संघीयता आयो के को लागि, संघीयता खतम गर्नको लागि हो रु’

सीडीओलाई मालिक र मुख्यमन्त्रीलाई दास बनाउने गरी आउन लागेको सांसद यादवले बताए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com