About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
यमनका युद्ध प्रभावित नागरिकका लागि लगिएको खाद्यान्न कुहिने खतरा

Darpanpost मंगलबार, माघ २९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

माघ २९ । यमनका युद्ध प्रभावित नागरिकका लागि संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी०ले पठाएको खाद्यान्न कुहिने अवस्थामा पुगेको छ । खाद्यान्न सहयोग लक्षित समुदायमा पुर्‍याउन समस्या आएका कारण कुहिने अवस्था आएको हो ।

यमनका लागि राष्ट्रसंघीय विशेष दूत मार्टिन गिफ्रिथले खाद्यान्न भण्डार शिविरमा ३७ लाख नागरिकका लागि एक महिना पुग्ने खाद्यान्न रहे पनि पाँच महिनासम्म लक्षित क्षेत्रमा पठाउन नसकिएकाले कुहिने अवस्थामा पुगेको बताए ।

डब्लुएफपीले पठाएको खाद्यान्न यमनको पश्चिमी बन्दरगाह शहर होडेइडामा रहेको रेड सी मिल्स भण्डार गृहमा राखिएको छ । तर त्यो सामग्री सहयोगी संघसंस्थाको पहुँचमा नहुँदा राहत कार्यक्रम प्रभावित बनेको छ ।

विशेषदूत मार्टिनले युद्ध प्रभावित क्षेत्रका नागरिकलाई खाद्यान्न पुर्‍याउन नसक्नु दुःखद भन्दै चिन्ता व्यक्त गरे । उनले खाद्यान्न सहयोगका लागि लक्षित समुदायमा पुर्‍याउने काम यमनमा द्वन्द्वरत पक्षहरुकै भएको बताए ।

राष्ट्रसंघले विश्वकै भयावह स्थिति देखेको यमनमा भएको द्वन्द्वका कारण करिब एक करोड यमनी खाद्यान्न अभावबाट गुज्रिरहेका छन् । उनीहरूले चरम खाद्यान्न अभावको सामना गरिरहेका छन् । तर खाद्यान्न कुहिने अवस्थामा पुग्नु थप चिन्ताको विषय बनेको छ । राष्ट्रसंघ सहयोग कार्यक्रम प्रमुख मार्क लकक तथा यमनका लागि राष्ट्रसंघीय विशेष दूतले संयुक्त विज्ञप्ति जारी गरी सहयोग आपूर्ति गर्न विद्रोहीलाई बाटो खोलिदिन आग्रह गरेका छन् ।

यमनमा सरकारी पक्ष र हुथी विद्रोहीबीच सन् २०१५ देखि संघर्ष हुँदै आएको छ । द्वन्द्वका क्रममा अहिलेसम्म करिब १० हजार मानिसको मृत्यु भइसकेको विश्व खाद्य संगठनको तथ्यांक छ । तर, अधिकारवादी समूहले द्वन्द्वका कारण मृत्यु हुनेको संख्या अत्यधिक रहेको बताउने गरेका छन् । (राससरएएफपी)

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com