About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
रोल्पाका आधा विद्यालयमा शिक्षक दरबन्दी शून्य

Darpanpost मंगलबार, माघ २९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

रोल्पा । रोल्पामा रहेका अधिकांश विद्यालय निजी स्रोतका शिक्षकको भरमा सञ्चालन भइरहेका छन् । जिल्लाका चार सय सात विद्यालयमध्ये दुई सय ३२ मा शिक्षक दरबन्दी शून्य छ । दरबन्दी शून्य भएका र न्युन दरबन्दी भएका विद्यालय निजीस्रोतका भरमा सञ्चालन भइरहेका छन् ।

जिल्लामा रहेका आधारभूत तह ९कक्षा १ ८० का एक सय ६८, र मावि तह ९कक्षा ९ १०० का ६४ विद्यालयमा शिक्षक दरबन्दी शून्य छ । जिल्लाका कुल ४ सय ७ विद्यालय सञ्चालनमा छन् । तीमध्ये साबिकका एक सय १ प्राथामिक विद्यालयमा ६७ निम्न माध्यमिक विद्यालय, र ६४ माध्यमिक विद्यालयमा दरबन्दी शून्य छ । एक सय ७५ विद्यालयमा शिक्षक दरबन्दी रहे पनि अन्य अधिकांश न्युन छ । यी विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन हुँदै आएका छन् ।

दरबन्दी अभावका कारण कतिपय विद्यालय बन्द नै गर्नु पर्ने अवस्थामा पुुगेको विद्यालय व्यवस्थापन समितिका पदाधिकारिको गुनासो छ । वन समूह, अभिभावक, देउसी भैलोबाट सकलित रकमबाट निजी स्रोतका शिक्षक नियुक्त गरी विद्यालय सञ्चालन भइरहेका छन् । यो समाचार नवीन लोचनमगरले नयाँ पत्रिकामा लेखेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com