About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
अतिथि स्वागत गर्न ओछ्याइने रातो कार्पेटमा पनि भ्रष्टाचार

Darpanpost मंगलबार, माघ २९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । सार्क सम्मेलनमा आएका विदेशी पाहुनालाई विमानस्थलमा रातो कार्पेट ओछ्याउने जिम्मा सेनालाई, महालेखा भन्छ, ‘त्यसमा पनि अनियमितता’

१८औँ सार्क सम्मेलनमा आउने भिआइपीहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातो कार्पेट ओछ्याउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो । भिइआइपीका लागि पाँच हजार नौ सय ८८ वर्गफिट मात्र कार्पेट प्रयोग भएको थियो । तर, सेनाले सात हजार २५ वर्गफिट कार्पेट खरिद गरेको विवरण पेस गरेको थियो । यसबाट राज्यलाई ४ लाख व्ययभार परेको थियो । रातो कार्पेटको नाममा अनियमितता भएको विषय महालेखापरीक्षकको प्रतिवेदनमा नै उल्लेख थियो ।

सार्क सम्मेलन तयारी शीर्षकमा सरकारले सेनालाई एकमुष्ट १३ करोड ८६ लाख बजेट दिएको थियो । त्यसक्रममा सेनाको संभाररथी विभागले इचुमति इन्टरनेसनल प्रालिसँग विभिन्न सामान द्रुतमार्गबाट खरिद गर्न सम्झौता गर्‍यो । तर, सप्लायर्स कम्पनीले सार्क सुरक्षाका लागि अनिवार्य भनेकोमध्ये कैयौँ सामान सम्मेलनपछि मात्र उपलब्ध गरायो ।

त्यसमध्ये पनि ५ प्रकारका सामान त्यो वर्ष सेनाले पाउन सकेन । यस्तै निहिल ट्रेडिङ कम्पनीसँग एक करोड ४४ लाखबराबरको उपकरण खरिदको सम्झौता गरेको थियो । तर, ती उपकरण सार्क सम्मेलन सकिएको सात महिनापछि मात्र प्राप्त भएका थिए । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com