About Contact
११ मंसिर २०७९, आइतबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

काठमाडौँकी एक महिलाको ५४ वर्षमा जुम्ल्याहा टेस्टट्युब बेबी

Darpanpost मंगलबार, माघ २९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ । काठमाडौं निवासी ५४ वर्षीया एक महिलाले आइतबार साँझ अल्का अस्पताल जाउलाखेलमा जुम्ल्याहा टेस्टट्युब बेबी जन्माउनुभएको छ, त्यो पनि महिनावारी सुकेको चार वर्षपछि । यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छिन् ।

ती नवजात शिशुमध्ये छोरा १ दशमलव ४ केजी र छोरी १ दशमलव ६ केजीका छन्। दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

महिनावारी सुकेको ४ वर्षपछि आमा बन्न सक्छु कि सक्दिनँ भनेर एक वर्षअघि आईभी एफ तथा प्रसूति विशेषज्ञ डा। नूतन शर्माको क्लिनिकमा पुग्नुभएकी ती महिलालाई उहाँको टोलीले बेस्ट ट्रिटमेन्ट गरेर २ सन्तानकी आमा बनाई अपार खुसी दिएर पठाएको छ ।

महिनावारी बन्द भएपछि बच्चा जन्माउनु निकै ठूलो चुनौती र आश्चर्यको कुरा हो । तर अल्का अस्पतालमा सञ्चालित आईभीएफ टेस्टट्युब बेबी विभागका प्रमुख तथा स्त्रीरोग विशेषज्ञ डा। शर्माको टोली त्यसमा सफल भएको छ ।

ती महिलालाई औषधिको माध्यमबाट पुनः महिनावारी गराई पाठेघर सक्रिय पारेर ८ महिनाअघि टेस्टट्युब बेबी राख्ने प्रक्रिया अपनाइएको थियो ।

ती महिलाको नाम नाम तत्काल गोप्य राखिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न
संसद भवनमा नपुगे पनि गुल्मेलीको सेवामा हुनेछु: ज्ञावली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com