About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
वीर अस्पतालको विकिरणयुक्त मेसिन क्यानडा फिर्ता लैजाने तयारी

Darpanpost मंगलबार, माघ २९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ । क्यान्सरका बिरामीलाई प्रयोग भइरहेको वीर अस्पतालको अन्कोलोजी विभागमा रहेको कोभाल्ट रेडियोथेरापी मेसिन क्यानडा लैजाने तयारी थालिएको छ ।

तीन वर्ष पुरानो सो मेसिन बिग्रिएको र उपयोगविहीन भएका कारण क्यानडा पठाउन लागिएको अस्पतालका निर्देशक डा। भूपेन्द्र बस्नेतले बताए । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् ।

उनका अनुसार सो मेसिनको सट्टा नयाँ टोमोथेरापी मेसिन जडान गर्न लागिएको छ । उनको अनुसार रेडियोथेरापी मेसिन नष्ट गर्ने उपाय र स्थान अभाव भएका कारण क्यानडाका उत्पादकलाई फिर्ता पठाउन लागिएको हो । सो मेसिनको विकिरणयुक्त पुर्जा लैजानको लागि क्यानडाबाट विशेष खालको कन्टेनर वीर अस्पताल आइसकेको छ ।

मेसिनमा रहेको विकिरणयुक्त पुर्जा सुरक्षित रुपम निकाल्नको लागि प्राविधिक टोली पनि नेपाल आइसकेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com