About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
देवदहमा यशोधरा उद्यानको शिलान्यास,थाई बौद्ध बिहार पनि बन्ने

Darpanpost सोमबार, माघ २८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार । प्रदेश नम्बर ५ का सांसद डा.कृष्ण न्यौपानेले देवदहलाई पर्यटनको केन्द्रका रुपमा अगाडी वढाउन लागिएको बताउनु भएको छ । सोमबार रुपन्देहीको देवदहमा यशोधरा बाल उद्यानको शिलान्यास कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो । उहाले देवदहमा थाइ भिक्षुहरुको सहयोगमा विहार निर्माण गर्ने योजना रहेको बताउनु भयो । डा.न्यौपानेले यस क्षेत्रको विकास अल्पकालको आवश्यकता हेरी नभई दिर्घकालिन सोचका साथ गर्नु पर्ने बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले योजना निर्माण गरेर मात्रै लगानी गर्नु पर्ने बताउनु भएको छ । उहाले देवदह नगरपालिकाले योजनाबद्ध विकास गर्न अगाडी वढीरहेको बताउनु भएको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको १५ लाख जिल्ला बन कार्यालयको ५ लाख र देवदह नगरपालिकाको ३ लाख गरी कुल २३ लाख लगानीमा देवदह–७ श्रृजना सामुदायिक बन क्षेत्रमा पार्क निर्माण गर्न लागिएको हो । पार्कको प्रदेश सांस डा.न्यौपानेले शिलान्यास गर्नु भएको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com