About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
म्यानचेस्टर सिटीको शानदार जित, सर्जियो अग्युरोले गरे ह्याट्रिक

Darpanpost सोमबार, माघ २८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शानदार जित हात पार्दै पुनः शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सिटीले चेल्सीलाई ६–० गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सर्जियो अग्युरोले ह्याट्रिक गरे । यस्तै सिटीका लागि रहिम स्ट्रलिङले दुई गोल गर्दा इल्क्ये गुन्डुगानले एक गोल गरे । सिटीले चेल्सीविरुद्ध पहिलो हाफको २५ मिनेटभित्रै ४ गोल गरेको थियो । खेलको चौथो मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । १३ औं र १९ औं मिनेटमा अग्युरोले गोल गरेका थिए । त्यस्तै २५ औं मिनेटमा गुन्डुगानले गोल गरेपछि पहिलो हाफमा सिटीले ४–० को अग्रता लियो । खेलको ५६ औं मिनेटमा अग्युरोले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दै सिटीको अग्रता ५–० बनाए । यो सँगै अग्युरोले प्रिमियर लिगमा करियरको ११ औं ह्याट्रिक पुरा गरे । र, अग्युरोले सर्वाधिक ह्याट्रिक गर्ने एलेन सेरेरको कीर्तिमानीसँग बराबरी गरेका छन् । एकपक्षीय खेलको ८० औं मिनेटमा स्ट्रलिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ६–० को जित दिलाए । जितसँगै सिटी लिगको शीर्ष स्थानमा समेत उक्लिएको छ । सिटीले २७ खेलबाट ६५ अंक जोडेको छ । सिटीले लिभरपुललाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो । एक खेल कम खेलेको लिभरपुलको पनि ६५ अंक रहेको छ । पराजित चेल्सी २६ खेलबाट ६० अंक जोडेर लिगको छैटौं स्थानमा छ । यस्तै गएराति नै भएको अर्को खेलमा टोटनह्यामले पनि सहज जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले लेस्टर सिटीलाई ३–१ गोल अन्तरले हराएको हो । टोटनह्यामलाई जिताउन डेभिनसन सान्चेज, क्रिस्टियन एरिक्सन र सन ह्युङ मिनले एक–एक गोल गरे । लेस्टरका जेमी भार्डीले एक गोल फर्काए । जितसँगै टोटनह्यामले २६ खेलबाट ६० अंक जोड्दै लिगको अंक तालिकामा तेस्रो स्थानमा छ । ३२ अंकसहित लेस्टर सिटी भने १२ औं स्थानमा छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com