About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
पर्यटन विकासमा छुट्याएको ६३ लाखले मासुभात र रक्सी

Darpanpost सोमबार, माघ २८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

धरान । धरान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएका छन् । धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनु पर्ने बजेट जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा दुरुपयोग गरेका हुन् । उनीहरुले ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ मदिरा र मासुभात शीर्षकमा स्वाहा पारेका छन् । उपमहानगरपालिकाले उक्त बजेटबाट पर्यटक प्रवद्धनको कुनै पनि काम भने गरेको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रत्नप्रसाद आचार्यले लेखेका छन् ।

पर्यटनमा विनियोजन गरेको रकमबाट पर्यटन सम्बन्धी योजना छनौट गरी बजेट खर्च गर्ने नियम भए पनि उपमहानगरपालिकाले बजेटलाई आफू खुसी दुरुपयोग गरी नीतिगत भष्ट्रचार गरेको प्रमाण प्राप्त भएको छ । पर्यटन शीर्षकमा उपमहानगरपालिकाले ६६ लाख ३० हजार तीन सय ७० रुपैयाँ खर्च गरेको लेखा अधिकृत भेषराज अधिकारीले बताए । तर, उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि पर्यटन विकास उपशाखासंग स्थानीय विभिन्न संघ संस्थाले तीन लाख पाँच हजार रुपैयाँको मात्र कार्यक्रमको सम्झौता गरेको पाइएको छ। सम्झौता पत्रको प्रमाणित प्रतिलिपी अन्नपूर्णसँग सुरक्षित छ ।

पर्यटन विकासलाई भनेर धरान उपमहानगरले चालु आर्थिक वर्षका लागि एक करोड रुपैयाँ छुट्याएको थियो। छुट्याइएको मध्ये ६६ लाख ३० हजार तीन सय ७० रुपैयाँ खर्च भइसकेको छ । तर पर्यटन शीर्षकमा अहिलेसम्म तीन लाख पाँच हजार रुपैयाँको मात्रै विभिन्न संघ संस्थासंग सम्झौता गरिएको हो। जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अन्य रकम आफू खुसी पाटी र भोजको आयोजना गरेर पर्यटन विकासको बजेट स्वाहा बनाइएको स्रोतले बतायो ।

पर्यटन विकासमा छुट्याइएको बजेटबाट धरानको ईजी राइर्डस होटेलमा छ लाख भन्दा बढीको मदिरा पाटी गरिएको छ । उक्त पाटीमा सहभागीलाई वास्र्टनर वियर, रुस्लान भोट्का र मासु भात खुवाइएको थियो । धरान उपमहानगरले इलाम नगरपालिकासंग भगिनी सम्बन्ध गाँस्न जाँदा १० लाख भन्दा बढी रकम मदिरा सेवन र मासुभातमा खर्च गरेको छ । धरानमा आयोजना गरिएको चिया महोत्सवमा आएका पाहुनालाई धरान स्विमिङ पुलमा आयोजना गरिएको मदिरा पाटीको दुई लाख २१ हजार रुपैयाँ धरान किचन होटेललाई पर्यटन विकास बजेटबाट भुक्तानी गरिएको छ । स्विमिङ पुलमा आयोजना गरिएको पाटीमा वल्र्ड दरबार र मासु भात खुवाइएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com