About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
तीनै तहका सरकारलाई कांग्रेसको यस्तो चेतावनी

Darpanpost सोमबार, माघ २८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । नेपाली कांग्रेसले वीरगञ्ज महानगरपालिकामा बीपी उद्यान नबनाइए थेग्नै नसक्ने गरी सडक र सदनबाट विरोध गर्ने भन्दै केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई चेतावनी दिएको छ ।

वीपी उद्यान बनाउन भनी करोडौं रुपयाँमा खरिद गरिएको जग्गामा अर्कै पार्क बनाउने षड्यन्त्र भएको भन्दै काँग्रेसले आपत्ति जनाएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रदेश नं २ का मुख्यमन्त्रीले गत माघ १६ गते सोही जग्गाको १० विगाहमा शहिद पार्क बनाउने भनी शिलन्यास गरेका थिए ।

तत्कालीन श्रम तथा यातायात मन्त्री डा। प्रकाशचन्द्र लोहनीले ०६० साल कार्तिक २७ गते नै उक्त जग्गामा बीपी उद्यान बनाउने भनी शिलान्यास गर्नुभएको थियो । ०६० पुस २४ गते जारी धनिपुर्जामा ‘मन्त्रीपरिषद्को ०६०र७र२७ को निर्णयबमोजिम उपमहानगरपालिकाले वेचविखन एवं हक हस्तान्तरण गर्न नपाउने गरी, वीपी उद्यानवाहेक अन्य कुनै पनि प्रयोजनमा प्रयोग गर्न नपाउने उल्लेख छ ।

‘प्रदेश सरकारका मुख्यमन्त्रीले शिलान्यास गरेको विषय केन्द्रिय सरकारलाई जानकारी नहुने भन्ने हुँदैन’ काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो– यो जग्गा जे प्रयोजनका लागि खरिद गरिएको त्यहि बन्नुपर्छ ।’

काग्रेस केन्द्रीय समितिले उक्त निर्णय कायम राखी यथाशिघ्र उद्यान बनाउन माग गरेको छ ।

नेपाल यातायात संस्थानको नाममा रहेको १० विगाह जग्गा १० करोड रुपियाँमा खरिद गरी वीपी उद्यान बनाउने योजना बनाइएको थियो । तर यस अभियानमा लाग्नुभएका तत्कालीन नगरप्रमुख गोपाल गिरीको जग्गा पास भएको एकसाता पछि रहस्यमय ढंगले हत्या भएको थियो । तत्कालीन विद्रोही माओवादीले हत्या गरेको भनिए पनि जग्गा पासलगत्तै गिरीको हत्या भएकाले काँग्रेसले अझै गहिरो छानवीन हुनुपर्ने माग उठाउँदै आएको छ ।

काँग्रेसले तत्काल पुरानो निर्णयबमोजिम निर्माण प्रक्रिया अघि बढाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ । आफ्नो आग्रहलाई वेवास्ता गरिए सरकारले संसददेखि सडकसम्म कडा दबाबको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com