About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
गौशालाका गाई मृत्यु प्रकरणः २२ सय गाई मरेको छैन, पैसाको लोभले संख्या बढाइयो

Darpanpost सोमबार, माघ २८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कैलाली । घोडाघोडी नगरपालिका गौशालामा मरेका गाईको संख्या गैरसरकारी संस्थाले बढाईचढाई सार्वजनिक गरेको खुलासा भएको छ । २२ सयको संख्यामा गाई मरेको भन्दै गैरसरकारी संस्थाले प्रचारप्रसार गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा दिलबहादुर छत्याल र पुष्पराज जोशीले लेखेका छन् ।

‘तीनवटै गौशालामा गरी ७० भन्दा बढी गाई मरेका छैनन्,’ घोडाघोडी नगरपालिका–१० का धीरेन्द्र कठायतले भने, ‘बजेट तान्न केही एनजिओले ठूलो संख्यामा गाई मरेको अफवाह फैलाएका हुन् ।’

गाउँका केही समूहले छाडा चौपाया पाल्न नगरपालिकासँग बजेट मागेका थिए । तर नगरपालिका आफैँ व्यवस्थापनमा जुटेपछि ती समूह असन्तुष्ट बनेका थिए । असन्तुष्ट समूहले समेत विभिन्न संस्थासँग मिलेर गाईको संख्या थप्दै अफवाह फैलाएको वडा नम्बर ४ का वडाध्यक्ष्य टेकबहादुर बुढाले बताए ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com