About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
समाज कल्याण परिषद्मा बेथितिः नियम मिच्दै बनाइएका कामु निर्देशक यता न उता

Darpanpost सोमबार, माघ २८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं – समाज कल्याण परिषद्मा रिक्त रहेको निर्देशक पदपूर्तिका लागि कायम मुकायम ९कामु० तोकेकाहरु दुई वर्ष बित्दा समेत सोही हैसियतमा काम गर्न बाध्य पारिएको छ । परिषद्का ४ जना कामु निर्देशकलाई कानुनी प्रावधान मिच्दै पुरानै जिम्मेवारी तोकिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

नियमानुसार, कामु तोकिएको दिनदेखि ६ महिनासम्म मात्रै कामु दिने व्यवस्था भए पनि सो व्यवस्थाको सरासर उल्लंघन गरिएको छ । उपनिर्देशकहरु हरि तिवारी, प्रल्लाद पन्त, भगवती संग्रौला र शिव बस्नेत साढे २ वर्षदेखि कामु निर्देशकको जिम्मेवारीमा रहनुभएको छ ।

कामु निर्देशक हरि तिवारीले नियमानुसार नै चार उपनिर्देशकलाई कामु दिएको दाबी गर्नुभयो । चार उपनिर्देशकको कामुमा बढुवा नियमअनुसार नै भएको हो । परिषद् एक स्वायत्त संस्था भएकाले निजामतीभन्दा भिन्न नियमले चल्ने गरेको उहाँले दाबी गर्नुभयो ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com