About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
देवदह नगरपालिकाका सवै वडामा स्वास्थ्य चौकी निर्माण गरीने

Darpanpost आइतबार, माघ २७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार । रुपन्देहीको देवदह नगरपालिकाको चौथो नगर सभाले विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन गर्न बनेको विधेयक २०७५ पास गरेको छ । आइतबार वसेको नगर सभाले निर्माण ब्यवसाय ऐन २०७४ को पहिलो संशोधन ऐन २०७५ पनि पारीत गरेको छ । नगर प्रमुख हिरा बहादुर खत्रीले निर्णयार्थ पेश गर्नु भएको विधेयक सर्वसम्मतीले पास भएको छ । नगर सभाले नगरका विभिन्न स्थानमा विनियोजित वजेटको शीर्षक हेरफेर समेत गरेको छ । नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख खत्रीले नगरपालिकाले लामो समय देखि ब्याप्त विद्युत समस्या समाधानका लागि ट्रान्सफर्मरको ब्यवस्था गरीएको, देवदह आएका विदेशी पर्यटकलाई स्वागत गरेको, देवदह नगरपालिकाका १२ वटै वडामा स्वास्थ्य चौकी निर्माण गरीने, देवदह स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालको रुपमा विकास गरीने जानकारी दिनु भयो ।


नगर सभामा सभा सदस्य धन बहादुर सुनारले जिल्लाका कार्यालयहरु बुटवलबाट स्थानान्तरण भइरहेको सन्र्दभमा देवदह नगरपालिकामा ल्याउन पहल गर्नु पर्ने बताउनु भएको थियो । त्यस्तै अर्का सदस्य धुर्व खरेलले सामुदायिक विद्यालयको अवस्था नाजुक भएको भन्दै यसको भौतिक संरचना सुधारमा ल्यान दिनु पर्ने बताउनु भएको थियो । उहाले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाउने शिक्षक अभावका कारण विद्यार्थी न अंग्रेजी न नेपाली हुने अवस्था आएको भन्दै चिन्ता ब्यक्त गर्नु भयो । नगरसभाले लेखा समितीको नाम पनि अनुमोदन गरेको छ । नगर प्रमुखले पेश गर्नु भएको लेखा समितीको नाम सर्वसम्तीमा पास भएको हो । जसको संयोजकमा एक बहादुर सुनार र सदस्यहरुमा खैराज शर्मा र सावित्री चौधरी रहेका छन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com