टंक सुनार । रुपन्देहीको देवदहमा राजनितिज्ञ तथा लेखक लेखनाथ न्यौपानेको पुस्तक संर्घषको इतिहास माथि चर्चा भएको छ । शनिबार युगिन साहित्य समाजको आयोजनामा उक्त कार्यक्रम भएको हो । उक्त अवशरमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य समेत रहनुभका नेता न्यौपानेले राजनितीलाई कमाउ धन्दा बनाइएको बताउनु भएको छ । कम्युनिष्ट पार्टीको निति निर्माण तहमा बसेर जग्गा प्लटिङ गर्दै हिड्नु गलत भएको उहाको भनाई थियो । उहाले पैसा कमाउने हो भने पार्टीको सर्मथक मात्रै बनेर ब्यवसायमा लाग्न सुझाब दिनु भयो । उहाले राजनितीलाई कमाउ धन्दा बनाउनेहरुका कारण पार्टी विग्रदै गएको दाबी गर्नु भयो । नेता न्यौपानेले पार्टी भित्र प्रश्न चिन्ह खडा गर्न तयार हुनु पर्ने बताउनु भयो । उहाले नेपालमा कम्युनिष्ट शिद्धान्तका बारेमा प्रशिक्षण दिने स्थान नभएका कारण कार्यकर्ताहरु कुहिरोको काग जस्तै भएको भन्दै अब पार्टीले आवासिय रुपमा कम्युनिष्ट विद्यालय संञ्चालन गर्नु पर्ने बताउनु भयो ।
नेता न्यौपानेले पार्टी भित्र दलालमुखी पुँजिवाद हावी भएको भन्दै चिन्ता ब्यक्त गर्नु भयो । उहाले आर्थिक प्रलोभनका कारण मन्त्री बन्ने होड चलिरहेको भन्दै सांसदहरुलाई मन्त्री नबनाई बिज्ञ समुहलाई मन्त्री बनाउनु पर्ने बताउनु भयो । सांसदलाई मन्त्री हुन नदिने हो भने सांसद बन्न कोही नमान्ने उहाको दाबी थियो । रानितिको सुद्धिकरण अभियान संञ्चालनका लागि राजनिति गर्नेहरुले प्राप्तिको आशा राख्न नहुने उहाको तर्क थियो । नेता न्यौपानेले अहिले संसदिय ब्यवस्थामा नै रहिरहने हो भने समाजवाद असंम्भव रहेको ठोकुवा गर्नु भयो । अहिले शासन पद्धती सरकार देखी सरकार सम्म र चुनाव देखी चुनाव सम्म मात्रै भएको उहाको तर्क थियो । समाजवाद ल्याउनका लागि नेतृत्व नैतिकवान र दक्ष कार्यकर्ता हुनु पर्ने उहाको भनाई थियो ।