About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
कबाडीमा अढेको १३ वर्षीय बालिका जीवन

Darpanpost शनिबार, माघ २६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

जनकपुरधाम । जनकपुरकी रुक्सना खातुन १३ वर्ष पुगिन् । घरनजिकै स्कुल पनि छ । प्रदेश सरकारले ‘बेटी पढाऊँ, बेटी जोगाऊँ’ अभियान चलाएको वर्षदिन पुग्यो । तर, रुक्सना सधैं स्कुलको गेटबाहिरै छिन् ।

गास जुटाउन रिक्सा लिएर रुक्सना जनकपुरको चोकचौराहा, हाटबजारका गल्लीगल्ली चहार्छिन् । पुस्तैनी रोग, भोक र गरिबीले उनको परिवार थला परेको छ । फ्याँकिएको प्लास्टिकका बोतल, कुट र फलामका टुक्राहरू बटुल्छिन् । साँझ कबाडमा लगेर बिक्री गर्छिन् । पसलबाट चामल, दाल, तरकारी, नुनतेल लिएर फर्किन्छिन् ।

उनलाई पढ्ने ठूलो धोको छ । तर, गरिबीले उनको स्कुल जाने बाटोमा छेकबार लगाइदिएको छ । उनी भन्छिन्, ‘पढ्न मन कसलाई हुँदैन, कबार बटुलेर कमाई नगरे खान पुग्दैन ।’

शिक्षाको ज्योतिबाट वञ्चित रहकी उनी हुल बाँधेर कवाड बटुल्न रिक्सामा भङ्गा ९ठूलो प्लास्टिकको बोरा००राखेर हिँड्छिन् । मधेसमा गरिबीले रुक्सनाजस्ता हजारौं चेलीबेटीले विद्यालयको मुख देख्न पाएका छैनन् । छोरीहरू चरम विभेदमा छन् । छोरालाई स्कुल पढाइन्छ, छोरीलाई घरको कामकाजमा लगाइन्छ । उनी असंख्य छोरीहरू जनकपुरका होटलमा भाँडा माझ्छिन् । मालिकको घरमा नोकर बस्छिन् । यो समाचार राजकरण महतोले अन्नपूर्णमा लेखेका छन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com