About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
सदरमुकाम र नाममा अल्झिदैँ ५ नम्बर प्रदेश सरकार

Darpanpost शनिबार, माघ २६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दाङ । तत्कालीन रूकुम टुक्र्याएसँगै नयाँ जिल्ला बनेको पूर्वी रुकुमको केन्द्र सदरमुकाम कहाँ रहने भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन । यही विषयलाई लिएर जिल्लावासी दुई कित्तामा विभाजित छन् । सदरमुकामकै विषयले पछिल्लो समय पूर्वी रुकुम तनावग्रस्त बन्न पुगेको छ । विवादको तह यहाँसम्म पुगेको छ कि जिल्ला सदरमुकाम दाबी गर्दै आएका पूर्वी रुकुमका गोलखाडा र रुकुमकोटले एकअर्कालाई निषेध नै गरेका छन् ।

रुकुमकोटमा प्रवेश गरेका पूर्वसहायकमन्त्रीसहित चार नेता कुटिएका छन् भने गोलखाडाका स्थानीयले पनि आफैँ निषेधाज्ञा जारी गरेका छन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अस्थायी सदरमुकामका रूपमा रहेको रुकुमकोटबाट सदरमुकाम गोलखाडामा सार्ने निर्णय गरेपछि रुकुमकोटका नागरिक सदरमुकाम बचाउ आन्दोलनमा छन् भने गोलखाडालाई सरकारले नै निर्णय गरिसकेकाले त्यसको कार्यान्वयनका लागि दबाब दिन त्यहाँका बासिन्दा स्वतःस्फूर्त रूपमा आन्दोलित बनेका छन् ।

प्यूठानको माण्डवी गाउँपालिको केन्द्र कहाँ रहने भन्ने विषयले अहिलेसम्म निकास पाउन सकेको छैन । त्यहाँ चलेको स्थानीयको लामो आन्दोलनका कारण गाउँपालिकाले निर्णय लिन सकेको छैन । वडा ३ मा पर्ने देवीस्थान र सोही वडाको जसपुर गाउँलाई केन्द्र तोकिनुपर्ने माग गर्दै दुई पक्षको आन्दोलन चलिरहेको छ । तर सरकारले राजपत्रमै ती दुई भन्दा फरक ठाउँ वडा नम्बर ४ स्थित नयाँ गाउँलाई केन्द्र तोकेको थियो । यो समाचार देवेन्द्र बस्नेतले नागरिकमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com