About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
योजनाले भरिभराउ बन्दै प्रधानमन्त्री अ‍ोलीको गृहनगर

Darpanpost शनिबार, माघ २६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

झापाका अन्य स्थानीय तहमा विकास निर्माणका गतिला योजना छैनन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको गृहनगर दमकमा भने अनेकौँ योजना केन्द्रीत गरिएका छन् ।

राष्ट्रिय गौरवका योजनासहित नगरस्तरीय योजनामा पनि संघीय सरकारले दमकमा अर्बौको बजेट विनियोजन गरेको छ । सरकाले दमकमा पौने ३ अर्बको लागतमा भ्यू टावर निर्माणका लागि टेन्डर आहवान गरेको छ ।

दमकलाई केन्द्र बनाएर कमल गाउँपालिका र गौरादह नगरपालिकाका २२ सय बिघा क्षेत्रफलमा अद्यौगिक क्षेत्र निर्माण अघि सारिएको छ । यसका लागि अहिले जग्गाधनीलाई मुआब्जा रकम वितरण भइरहेको छ । प्रधानमन्त्री ओलीले दमकमै विश्वको अग्लो बुद्धमूर्ति निमार्ण योजना पनि अघि सारेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाका अनुसार बुद्धमूर्तिका लागि आवश्यक जग्गा व्यवस्थापन कार्य भइरहेको छ । यो समाचार अर्जुन राजवंशीले कान्तिपुरमा लेखेका छन् ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com