About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
१३ वर्षको उमेरमै जब रीताले श्रीमान् गुमाइन्…

Darpanpost शुक्रबार, माघ २५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

ओखलढुंगा – गत वर्षको असोज महिनामा रीजा गजमेरको मोबाइलमा अपरिचितको फोन आयो । फोन उठाइन्, बोलिन् । नचिनेको मान्छे भएकाले रङ नम्बर भनेर फोन काटिन् । त्यसपछि त्यही नम्बरबाट दैनिक फोन आउन थाल्यो । सुरुसुरुमा धेरै कुराकानी नभए पनि पछि फोनमै चिनजन भयो । उनलाई फोन गर्ने सुनिल विक रहेछन् । रीता र सुनिलबीच कुराकानीको क्रम लम्बिन थाल्यो । रीताले सुनिलसँग कुरा गर्ने क्रम बढाइन् । यो समाचार आजको नागरिक दैनिकमा शेरबहादुर जेरोले लेखेका छन् ।

फोनबाटै एकअर्कालाई मन पराउन थालेका रीता र सुनिलले पहिलो भेटपछि विवाह गर्ने निधोमा पुगे ।

उनीहरुले वैशाख १३ गते मानेभन्ज्याङ बजारबाट भागेर विहे गरे । विवाह गर्दा सुनिल १७ र रीता १३ वर्षका थिए ।

उनीहरु सँगै बारीमा घाँस काट्न गएका थिए । रीतालाई बारीमै छोडेर सुनिल घर फर्किए । घर आएर उनी बाली उठाउन गाँउ जानुपर्ने थियो । एक घन्टापछि रीता घाँस लिएर घर फर्किदा उनीहरु सुत्ने कोठाको ढोकामा भित्रबाट चुकुल लगाइएको थियो । बाहिरबाट बोलाइन्, भित्रबाट कुने आवाज आएन । ’ ढोकाको भित्रबाट चुकुल लागेको थियो, मैले बोलाएँ, केही बोलेनन्’, उनले भनिन्, ‘तर झ्यालबाट जान सकिने थियो गएर हेर्दा सुनिलले झुन्डिएर आत्महत्या गरिसकेका रहेछन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com