About Contact
२२ मंसिर २०७९, बिहिबार
Close
बिज्ञापन
पुस्तौदेखि एक गाग्री पानी लिन घण्टाै हिड्छन् गाउँले

Darpanpost शुक्रबार, माघ २५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

सल्यान – सल्यानको बागचौर नगरपालिका, ११ बाफुखोलाको एक गाउँमा स्थानीयलाई पानी ल्याउन एक घण्टा लाग्ने गरको छ । बाफुखोलाको बुढा गाउँमा अहिलेसम्म खानेपानीको धारा नपुग्दा एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपर्ने बााध्यता अझै नहटेको स्थानीबासीले गुनासो गरेका छन् ।

बागचौर नगरपालिका, ११ अवस्थित पातिहाल्न बजारदेखि नजिकैको बुढागाउँमा एक गाग्री पानी लिनका लागि एक घण्टा लाग्ने स्थानीय वसन्त बुढाले जानकारी दिए । उनले भने, ‘मैले थाहा पाएदेखि एक गाग्री पानी ल्याउनका लागि आउँदा र जाँदा मात्रै एक घण्टा समय लाग्छ, यसले गर्दा घरमा एक जनालाई त पानी  ल्याननमै पूरै दिन बित्छ ।’

खानेपानी अभावकै कारण आफ्ना छोराछोरीको पढाईसमेत प्रभावित बनेको भन्दै स्थानीय ५८ वर्षीय वीरबहादुर बुढाले भने, ‘म बुढोले मेरा नानीबाबुलाई खानेपानी ल्याउ भनुँ कि पढ भनुँ ? हाम्रो यस्तो पीडा कसले बझ्छ ? स्थानीयका अनुसार १२ घरधुरी बसोबास रहेको बुढागाउँको खानेपानीको यो समस्या अहिले नभएर पहिलेदेखिकै हो । यो समाचार सरिता चलाउनेले नेपाल समाचारपत्रमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
उपाध्यक्ष मशहुद खां ले पुनः प्रदेश सभा सदस्यमा विजयी खां लाई दिए बधाई
बिजय नगर मा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com