About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
ओली चढेको गाडी दुर्घटना, एकको मृत्यु १४ घाइते

Darpanpost बिहिबार, माघ २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश सांसद उत्तरकुमार ओली सवार कार र बस एकआपसमा ठोक्किँदा दाङमा एक महिलाको मृत्यु भएको छ ।

कार र यात्रु बोकेको बस एकआसपमा ठोक्किँदा पूर्वएमाले पृष्ठभूमि भएका सत्तारुढ दल नेकपाका प्रदेश सांसद ओलीसहित १४ जना घाइते भएका छन् ।

दुर्घटनामा परेर बसमा सवार एक जना महिलाको मृत्यु भएको छ । बसमा सवार रुकुम साविक खलंगा वडा नम्बर २ मुसिकोट बस्ने २६ वर्षीया रमिता शर्माको सोही बसले च्याप्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ३ मसोट पुल नजिकै शनिबार अपरान्ह ४ः५० बजे दुर्घटना हुँदा दाङ जिल्लाबाट प्रदेश ५ मा प्रतिनिधित्व गर्ने प्रदेश सांसद ओलीसहित कार र बसमा सवार १४ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मुसोट खोलाको पुलदेखि १ किलो मिटर अगाडि मोडमा घोराहीदेखि लमहीतर्फ जाँदै गरेको ना५ख ५५२९ नम्बरको बस र लमहीदेखि घोराहीतर्फ आउँदै गरेको बा १८ च ६८३६ नम्बरको कार एकआपसमा ठक्कर खाएको थियो ।

गम्भीर घाइते भएका प्रदेश सांसद ओलीलाई उपचारका लागि बाँकेमा रहेको कोहलपुर मेडिकल कजेजमा पठाइएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी बस्ने वर्ष ५९ का लोकमणि ज्ञवालीलाई समेत उपचारको लागि वुटवल पठाइएको छ ।

कार र बसमा सवार अन्य १२ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ ।
मिडिया डबलीवाट

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com