About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
कम्युनिष्ट सरकारको दादागिरी ! रिहाइको माग राख्दा ७ जना पक्राउ

Darpanpost बिहिबार, माघ २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

प्रहरीले पोखरा महानगरपालिका घेराउ गर्न पुगेका नेपाल विद्यार्थी संघका ७ जना विद्याथीलाई पक्राउ गरेर छोडेको छ । यसअघि गाडी जलाएको आरोप पक्राउ परी हिरासतमा रहेका विद्यार्थी रिहाइको माग गर्दै पोखरा महानगर पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

विद्यार्थीले महानगरपालिका शिक्षा महाशाखाको काममा बाधा पुर्‍याएको आरोपमा ७ विद्यार्थीलाई पक्राउ गरी कार्यालय समयपछि छोडिएको प्रहरीले जनाएको छ । नेविसंघका केन्द्रीय सदस्य भानु ढकाल, शंकर घिमिरे, संस्कृत क्याम्पस सभापति कमल पौडेल, विद्यार्थी नेताहरु लक्ष्मी पाण्डे, प्रकाश भट्टराई, सागर अधिकारी, उमा ठकुरी पक्राउ गरेका हुन् ।

सार्वजनिक बिदाका दिन गाडी चलाइएको भन्दै माघ १९ गते शिक्षा शाखाको गाडी विद्यार्थीले जलाएका थिए । गाडी जलाएलगत्तै पक्राउ परेका ५ विद्यार्थीमध्ये २ विद्यार्थी रिहा भइसकेका छन् । परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेलविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । तिनै विद्यार्थीको रिहाइको माग गर्दै विद्यार्थीले विभिन्न आन्दोलन गर्दै आएका छन् ।
अनलाईनपानाबाट

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com