About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
यस्ती छन् राहुल गान्धीकी नेपाली गर्लफ्रेण्ड ! यसरी भयो गोप्य भेटघाट

Darpanpost बिहिबार, माघ २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले नेपाललाई ‘ट्राञ्जिट’ बनाएको विषयमा नयाँ खुलासा भएको छ । कुटनीतिक राहदानी भएपनि साधारण नागरिक सरह काठमाडौं आएका राहुल गान्धीले आफ्ना भेटघाट र गतिविधिलाई गोप्य राखे । स्रोतका अनुसार राहुल गान्धीले काठमाडौं बसाइका क्रममा एक युवती र उनको परिवारसँग डिनर गरेको रहस्य बाहिरिएको छ ।

चीनको तिब्बतमा रहेको मानसरोवर जाने क्रममा राहुल गान्धीले काठमाडौंलाई ‘ट्राञ्जिट’ बनाएका हुन् । स्रोतका अनुसार काठमाडौं बसाइका क्रममा राहुल गान्धीले बर्माका लागि नेपाली राजदूत भीमकृष्ण उदासकी छोरी सुम्निमा उदासँग भेटघाट र डिनर खाएका छन् ।

पत्रकार ऋषि धमलासँगसँगको कुराकानीमा भीमकृष्ण उदासले राहुल गान्धी र सुम्निमा उदासबीच डिनर मिटिङ भएको स्वीकार गरेका छन् । ‘म र सुम्निमाले राहुलजीसँग डिनर गरेका हौं । उहाँसँग छोटोमिठो कुराकानी भयो’, भीमकृष्ण उदासलाई उदृत गर्दै पत्रकार धमलाले भनेका छन्, ‘नेपाल–भारत सम्बन्धका बारेमा पनि कुराकानी भयो ।’

राहुल गान्धीसँग निजी चिकित्सक बलिउड अभिनेता अमिताभ बच्चनका आफन्त रहेको जनाइएको छ । डिनर मिटिङमा राहुल गान्धीसँग दुवै साथी रहेको भीमकृष्ण उदासले बताएको पत्रकार धमलाले जनाएका छन् ।

सुम्निमा उदाससँगको डिनर मिटिङमा राहुल गान्धीले लाजिम्पाट उत्तरढोकामा रहेको भुटु फुड बुटिक रेष्टुरेण्टमा गरेका थिए । राहुल र सुम्निमाले सो रेस्टुरेण्टमा नेवारी मिट प्वाटर, दार्जिलिङ मम, चिकेन कुरकुरे तथा बँदेलको मासु खाएको सञ्चालक डिजे राजु सिंहले बताएका छन् ।

अमेरिकन टेलिभिजन सिएनएनमा कार्यरत रहँदा सुम्निमा उदास र राहुल गान्धीको प्रेम सम्बन्ध रहेको भनेर भारतीय सञ्चारमाध्यमहरूले समाचार सार्वजनिक गरेका थिए ।

भारतको नयाँदिल्लीमा बसेर सुम्निमा उदासले केही समय सिएनएन टेलिभिजनमा काम गरेकी थिइन् । सुम्निमा नेपालमा अन्तर्राष्ट्रिय बुद्धिष्ट संग्राहलय बनाउने परियोजनामा कार्यरत रहेको बताइन्छ ।

रिपब्लिका दैनिकबाट

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com