About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
जाजरकोटमा रित्तियो बाबुरामको नयाँ शक्ति, सिङ्गो जिल्ला कमिटी नेकपामा विलय !

Darpanpost बिहिबार, माघ २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

जाजरकोट । डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी जाजरकोटमा रित्तिएको छ । नयाँ शक्ति जाजरकोटको सिङ्गो जिल्ला कमिटी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा विलय भएको छ ।

कुशे गाउँपालिका स्तरीय नेकपाको अगुवा कार्यकर्ता भेलामा नयाँ शक्तिको जिल्ला अध्यक्षसहित कमिटी नै समाहित भएको हो ।कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य निरज आचार्यले अविर माला लगाएर स्वागत गरे ।

कार्यक्रममा नेकपा कर्णाली प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद करबीर शाही, कर्णाली प्रदेश कमिटी सदस्य तथा तत्कालीन नेकपा माओवादीका जिल्ला अध्यक्ष ढकबीर राना, प्रदेश सदस्य हरिभक्त नेपाली, नेकपा कार्यालय सचिव दीप बहादुर थापा लगायतको उपस्थिति थियो ।

केन्द्रीय सदस्य आचार्यका अनुसार पर्सी माघ २५ गते नयाँ शक्तिका जिल्ला कमिटी सदस्यहरुलाई नेकपामा प्रवेश गराउने कार्यक्रम छ । कार्यक्रममा दलित जनजाती पार्टीकी समानुपातिक उम्मेद्वार पवित्रा चदारा, नेपाली काँग्रेसका राजेन्द्र हमाल र हृदराम जैसी पनि नेकपा प्रवेश गरेका छन् ।

न्युज ससारवाट

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com