About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
प्युठानमा करेन्ट लागेर एक महिलको मृत्यु,आन्दोलित स्थायिनले शव उठाउन मानेनन्

Darpanpost बिहिबार, माघ २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

प्युठान । प्युठानमा विद्युत प्राधिकरणका कर्मचारीको लापरवाहीका कारण एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । प्युठान नगरपालिका ९, सिमलगैरा महिलाको मृत्यु भएको हो । बुधवार दिउँसो घाँस काट्ने क्रममा बाँसको रुखमा चढेका बेला रुखले विद्युतको तार छुँदा स्थानीय निशा भण्डारीेको मृत्यु भएको हो। ठूलो भोल्टेजको करेन्टले उनलाई रुखमै आगो लागेको हो । भण्डारीको रुखमै जलेर मृत्यु भयो ।

मृतककी सासु पुतला भण्डारीले तीन दिन पहिले विद्युत लाइन मर्मतका लागि आएका नेपाल विद्युत प्राधिकरण प्युठानका कर्मचारीलाई उक्त रुख हटाइदिन आग्रह गरे पनि उनीहरुले अटेर गरेको बताइन् । प्राधिकरण प्युठानका प्रमुख रमेश बञ्जाडे महिलाको मृत्यु भइसकेपछि पनि घटनास्थल सम्म पुगेका छैनन् । उनी स्थानियलाई प्राविधिक कारण हो भनेर पन्छिन खोजेपछि स्थानिय आक्रोशित भएका छन् । विद्युतका प्रमुखले माथिल्लो निकायसम्म जाहेर गर्ने काममा समेत पहल गर्न आनाकानी गरेको मृतकका परिवारको भनाइ छ।

घटनापछि प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, प्युठान नगरपालिकाकी उपमेयर शान्ता आचार्य, वडा नम्बर ८, ९ र १० का वडाध्यक्षहरु घटनास्थल पुगेर घटनावारे जानकारी लिएका छन् । विद्युत प्राधिकरणसँग मृतकका परिवारलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन माग राख्दा प्राधिकरणले आनाकानी गरेपछि स्थानिय आन्दोलित भएका छन् । महिलाको शव अझै रुखमा झुण्डिएको अवस्थामा छ ।

स्थानियले विद्युत प्राधिकरणका कर्मचारीले माफी माग्नु पर्ने, नाबालक छोराको लालनपालन, शिक्षादिक्षा र रोजगरीको जिम्मा लिनुपर्ने माग राखेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com