काठमाडौँ । अहिले पनि नेपालको प्रमुख पेशा तथा व्यवसायमा कृषि क्षेत्रको ठूलो हिस्सा रहेको छ । कृषि प्रधान देशको रुपमा चिनिने नेपालको कृषिको अवस्था भने निकै दयनीय अवस्थामा छ । कृषि उपजहरु उत्पादन पूर्वको सिँचाइको व्यवस्थापनदेखि बजार पहुँचसम्मका लागि अझै पनि उत्पादक तथा किसानहरुले निकै ‘हण्डर’ खानु परेको छ ।
कृषि उपजहरुको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि सिँचाइ, मल, बीउ पहिलो आवश्कता हुन् । यी तीनवटै चिजको राम्रो मिश्रण भएमा मात्रै कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिन्छ । उत्पादन वृद्धि भएर मात्रै भएन, यसका लागि उचित मुल्य ( भ्यालु ) सहितको बजारको पहुँच उत्तिकै आवश्यक हुन्छ । यी प्रमुख विषयहरु अहिले औसतमात्रामा नेपालमा पूर्ति भइरहेका छन् । कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यावसायिकरण, कृषि उपजको बजार व्यवस्थापन, प्रतिस्पर्धी क्षमताको विकास तथा उत्पादकत्वमा सुधार हुनु आवश्यक भए पनि यसलाई सरकार तथा निजी क्षेत्रले उच्च प्राथमिकता भने दिएको देखिदैंन ।
मुलुक जलस्रोतमा सम्पन्न भनिदैं आएको अवस्थामा कुल खेतीयोग्य जमिन नै पूर्ण रुपमा सिँचित नभएको अवस्था विडम्बनापूर्ण हो । यी यस्ता तथ्यले मुलुकको कृषि क्रान्तिमा खोक्रो आडम्बर मात्रै हो भन्ने पुष्टी गर्छ । अधिकांश कृषियोग्य क्षेत्र आकाशे अर्थात् मनसुनको भरमा सञ्चालन हुँदै आएको छ । उत्पादनका लागि प्रचुर सम्भावना भए पनि पर्याप्त पानी नहुँदा हिउँदे खेतीबाट हुने लाभबाट पनि नेपाल बञ्चित छ । कुल खेती गरिएको क्षेत्रफलको आधाभन्दा कम जमिनमा मात्र सिँचाइ सुविधा उपलब्ध छ ।
मनसुनमा निर्भर खेतीलाई भरपर्दो सिँचाइ सुविधा पु¥याउने कार्य थप चुनौतीपूर्ण छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७४(७५’ अनुसार कुल खेतीयोग्य क्षेत्रफल ३१ लाख ९५ हजार १ एक सय ७३ हेक्टरमध्ये अहिले खेती गरिएको क्षेत्रफल २५ लाख ८१ हजार सात सय ५२ हेक्टर छ । कुल सिँचित क्षेत्रफल भने १२ लाख १३ हजार पाँच सय २९ हेक्टर रहेको छ । यो तथ्यांकलाई हेर्दा कुल खेतीयोग्य जमीनमा सिँचाइको व्यवस्था विस्तार गर्न सकिएमा मात्रै पनि अहिलेको कृषिको उत्पादन र उत्पादकत्व दोब्बरभन्दा बढि गर्न सकिन्छ ।
कुल खेती गरिएको क्षेत्रफलमध्ये ४७ प्रतिशत क्षेत्रफल सिँचित रहेको अवस्थाले मुलुकमा भएको कृषि क्रान्तीको अभ्यास कस्तो छ, कसरी अघि बढेको छ रु भन्ने कुराको चित्रण गर्छ ।
अहिले युवाहरु व्यवसायीक कृषि क्षेत्रमा लागिपरेका छन् । स्थानीय तहहरुले पनि कृषिलाई प्राथमिकता दिएको अवस्थामा अब कृषि योग्य जमिनलाई पूर्ण क्षमतामा सिँचाइको व्यवस्था गर्न उत्तिकै आवश्यकता छ । सिँचाइको पहुँच नहुँदा अहिले पनि व्यवसायीक रुपमा कृषि क्षेत्रमा लाग्नेहरुले उत्पादन बढाउन सकेका छैनन् भने यसले लागत पनि उठ्न सकेको छैन । मनसुनमा आधारित नेपालको सिँचाइ प्रणालीलाई व्यवस्थीत गर्न सरकारको तदरुकता आवश्यक छ ।
सिँचाइका बहुप्रतिक्षित राष्ट्रिय गौरबका आयोजनाहरु जस्तै सिक्का सिँचाइ आयोजना, भेरी बबई डाइभर्सनलगायतका आयोजनाहरु समयमै सम्पन्न गर्न तर्फ पनि सरकारले उत्तिकै ध्यान दिन जरुरी छ । सिँचाइको पहुँचलाई विस्तार गरेर मात्रै कृषिमा उल्लेख्य उपलब्धी हासिल गर्न सकिन्छ ।
नेपालमा कुल खेतीयोग्य जमिन र सिँचित क्षेत्रफलको अवस्था यस्तो छ :
कुल खेतीयोग्य क्षेत्रफल ३१ लाख ९५ हजार १ एक सय ७३ हेक्टर, खेती गरिएको क्षेत्रफल २५ लाख ८१ हजार सात सय ५२ हेक्टर, कुल सिँचित क्षेत्रफल १२ लाख १३ हजार पाँच सय २९ हेक्टर, कुलोबाट चार लाख ६७ हजार आठ सय २७ हेक्टर, नहरबाट पाँच लाख ६९ हजार नौ सय ४३ हेक्टर, पोखरीबाट ११ हजार एक सय ६० हेक्टर र बोरिंगबाट एक लाख २९ हजार आठ सय २२ हेक्टर
नेपाल राष्ट्र बैंकबाट लिएको हो ।