About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
नेकपाको एकीकरण कार्यदलभित्रै चर्को असन्तुष्टि

Darpanpost बिहिबार, माघ २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण कार्यदलभित्रै चर्को असन्तुष्टि देखिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा  शुरोजंग पाण्डेले लेखेका छन् ।

व्यक्तिगत स्वार्थपूर्तिका लागि पार्टी नेतृत्वलाई प्रयोग गर्नेहरूले कार्यदल असफल भएको प्रचार गराएको भन्दै कार्यदलकै नेताहरू असन्तुष्ट भएका हुन् । ‘हामीले संयोजकलाई काम सम्पन्न गरेर प्रतिवेदन बुझाउनका लागि छिटो बैठक डाक्नुपर्यो भनेको भन्यै छौँ, डाक्छु भन्नुभएको छ, तर अहिलेसम्म बोलाउनुभएको छैन,’ कार्यदल सदस्य योगेश भट्टराईले नयाँ पत्रिकासँग भने, ‘सहज ढंगले काम गर्न दिने हो भने एक–दुई दिनमै प्रतिवेदन तयार पारेर बुझाउन सकिन्छ । तर, कार्यदललाई काम गर्नै नदिएर शीर्ष नेतृत्वलाई खुसी पार्ने, गलत ढंगले प्रयोग गरेर व्यक्तिगत स्वार्थ पूर्ति गर्न चाहनेले अहिले कार्यदल असफल भएको नियोजित प्रचार गराइरहेका छन् ।’

उनले कार्यदल कार्यादेश पूरा गर्न असफल नभएको दाबी गर्दै अध्यक्ष ओली र प्रचण्डसहित पार्टीलाई असफल पारेर व्यक्तिगत स्वार्थ पूरा गर्न चाहने केहीले कार्यदललाई सहज ढंगले काम गर्न नदिएको दाबी गरे ।

९ सदस्यीय एकीकरण कार्यदलमा रामबहादुर थापा ‘बादल’ संयोजक छन् । पटक–पटक बैठक बोलाउन ध्यानाकर्षण गराउँदा पनि उनले आफू व्यस्त रहेको जानकारी गराएर भेटै नदिने र पन्छाउने गरेको कार्यदलकै अर्का एक सदस्यले बताए । यद्यपि, यसअघिका कतिपय बैठक महासचिव विष्णु पौडेलले पनि बोलाउने गरेकोमा उनी पनि सम्पर्कमा नरहेको केही नेताहरुको आरोप छ ।

 बिहीबार बैठकको आश्वासन

बैठक नबोलाइएकोमा आक्रोशित सदस्यहरूलाई बादलले बिहीबार बैठक राख्ने आश्वासन दिएका छन् । बुधबार संसद् भवन नयाँ बानेश्वरमा सांसदहरू योगेश भट्टराई, लेखराज भट्ट र सुरेन्द्र पाण्डेसँगको अनौपचारिक संवादमा बादलले बिहीबार दिउँसो २ बजे बैठक बस्ने आश्वासन दिएको एक सदस्यले बताए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com