About Contact
२० आषाढ २०७९, सोमबार
Close
बिज्ञापन
सदनलाई गृहमन्त्रीको जवाफ– ‘अपराधी पत्ता लगाउन समय लाग्न सक्छ’

Darpanpost बिहिबार, माघ २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लगाउन समय लाग्न सक्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार सांसदका प्रश्नको जवाफ दिँदै थापाले सरकार हत्यारा पत्ता लगाउन प्रयत्नशील रहेको बताए ।

झन्डै ७ महिनासम्म अपराधी पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ । सांसद–मन्त्री प्रश्नोत्तरका क्रममा कांग्रेसकी डिला संग्रौलाले सरकारले हत्यारा संरक्षण गरेको आरोप लगाउँदै जवाफ मागेकी थिइन् ।

गृहमन्त्री थापाले सरकारले यस विषयमा गम्भीर अनुसन्धान जारी राखेको बताए । ‘महिला हिंसा सम्बन्धमा नेपाल प्रहरीले ९५ प्रतिशत अपराधीलाई कठघरामा ल्याएको छ,’ उनले भने, ‘४–५ प्रतिशतलाई कानुनको कठघरामा ल्याउन सरकार प्रयत्नशील छ । केही केसमा अपराधी पत्ता लाग्न समय लाग्छ, यो घटनाले पनि समय लिएको छ । सरकार छिटोभन्दा छिटो पत्ता लगाउन प्रयत्नशील छ ।’

अपराधीलाई सिंहरदरबारमै संरक्षण गरेर राखेको भन्ने आरोपको उनले खण्डन गरे । ‘जोसुकै भए पनि अपराधी कानुनको कठघरामा आउँछ,’ उनले भने । अनुसन्धानमा लापरबाही गर्नेलाई कारबाही गरिसकिएको उनले बताए । बालकृष्ण खाँड र देवेन्द्रराज कँडेलले इन्काउन्टर गरेर अपराधी मार्ने बढ्दो प्रवृत्तिबारे सोधेका थिए ।

खाँडले अपराधीलाई पक्राउ गरेर कारबाही गर्नुपर्नेमा इन्काउन्टर गराउने गरेको घटना सम्झाए । उनले इन्काउन्टरको आदेश कसले दिन्छ भन्ने प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री थापाले परिस्थितिअनुसार प्रहरीले आत्मरक्षाका लागि त्यस्तो अवस्था आउने बताए ।

राप्रपाका राजेन्द्र लिङदेनले यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पन्तका हत्यारा पक्राउ गर्ने अवस्थामा पुगेको अभिव्यक्ति दिएको तर अहिलेसम्म पक्राउ नपरेकोबारे प्रश्न गरेका थिए ।

उपप्रधानमन्त्रीजस्तो व्यक्तिले बिनातथ्य, हचुवाका भरमा बोलेको भन्दै उनले यस विषयमा गृहमन्त्रीसँग जवाफ मागेका थिए । नेकपाका महेश बस्नेतले प्रहरीले महिला हिंसाका अपराधसम्बन्धी मुद्दामा ९५ प्रतिशत सफलता हासिल गरेको भन्ने मन्त्रीको धारणाको समर्थन गर्दै उक्त काम सफलतापूर्वक गरेकामा प्रशंसा गरे ।

सांसदसँगको प्रश्नोत्तरमा बुधबार गृहमन्त्री थापा, अर्थमन्त्री युवराज खतिवडा, महिला, बालाबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल र वनमन्त्री शक्तिबहादुर बस्नेत उपस्थित थिए ।

उनीहरूलाई आफ्नो विषयसँग सम्बन्धित प्रश्न सांसदले गरेका थिए । अर्थमन्त्रीलाई सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने योजना कहाँ पुगेको छ भन्ने प्रश्न सांसदले गरेका थिए

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
अभियानको बेला मृत्यु भएकी प्यूठानकी हुमी देवीको परिवारलाई मगर संसारद्वारा आर्थिक सहयोग
धन्यवाद मेयर साबलाई, गरीबको बाच्ने अधिकार कहाँ छ र ? ‘गरिबको चमेली बोल्दिने कोही छैन (भिडियो सहित)

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com